देशकै ठुलो नवजीवन सहकारीका नव निर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका नव निर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् ।
प्रकाशित : :

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका नव निर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् । मङ्गलवार एक कार्यक्रमका बिच नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण गराएको हो ।

सहकारीको २८ औँ चुनावी साधारण सभाबाट अध्यक्षमा विजयी भएका देव बहादुर बम, उपाध्यक्ष चेतराज ओझा लगायतका संस्थाका नव निर्वाचित पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृत डा. लोक बहादुर विष्टले शपथ खुवाएका हुन् ।

त्यस्तै, सदस्यहरू इन्दिरा जैसी, उत्तम जोशी, गोपालराज पाठक, केशवराज मिश्र, डा. महेशराज विष्ट, घन बहादुर शाह, उपेन्द्र विष्ट, शिवकुमार जोशी फुलारा, गणेश बम, जयराज जोशी र विश्वनाथ ओझा विजयी भएका थिए ।

सहकारीको लेखा सुपरिवेक्षणको संयोजकमा चेतराज जोशी, सदस्यमा गणेश प्रसाद उपाध्याय र लक्ष्मीराज पन्त विजयी छन् । सहकारीको २८ औँ चुनावी साधारण सभामा गठबन्धनका उम्मेदवार रतनबहादुर कठायतलाई १ हजार ३ सय बढी मतले हराउँदै नेकपा एमालेका बम अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्याशी रतनबहादुर कठायतले ७ हजार ८३ मत पाएका थिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट