धनगढी : कैलालीमा पनि विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । मंगलबार ‘सुरक्षित र समावेशी डिजिटल कारोबार, उपभोक्ताको अधिकार’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुदूरपश्चिम प्रदेश धनगढी तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीको आयोजनामा अन्तरक्रिया तथा सचेतना कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरूले उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता मारमा परेको बताएका छन् । उनीहरूले उपभोग्य वस्तुहरूमा हुने मिसावटका साथै मूल्य बृद्र्धि, कालाबजारि पनि नियन्त्रणमा आउन नसकेको कारण उपभोक्ता सधैँ ठगीमा पर्ने गरेको बताएका छन् ।
सम्बन्धित निकायबाट बजार अनुगमन भए पनि गल्ती गर्ने, व्यापारी तथा उद्योगीहरू अझै कारबाहीको दयरामा नल्याइएको सहभागीहरूले आरोप लगाएका छन् । उपभोक्ता आफै सजग बन्नुपर्ने र म्याद गुज्रेका तथा अखाद्य वस्तु विक्री, वितरण गर्ने व्यवसायीमाथि कानुनी कारबाही हुनुपर्ने उनीहरूको माग रहेको छ ।
यस्तै, काय क्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलराज उपाध्यायले उपभोक्ताले पनि खाद्य कम्पनी तथा खाद्य बस्तुको मूल्य सूचि हेर्ने, गुणस्तर तथा उपभोग्य मिति हेर्ने बानीको विकास गर्न जरुरी रहेको बताए । उनले आगामी दिनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बजार अनुगमनलाई समेत तीव्रता दिने उनले बताएका छन् ।
त्यसै गरी, उप-सचिव एवम् कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले पनि अहिले बजार अनुगमन हुने गरेको भए पनि कारबाहीको दायरामा कोही नआएको गुनासो आएको बताउँदै अबका दिनमा गल्ती गर्ने अर्थात् अखाद्य, म्याद नागेका समान बिक्री वितरण गर्ने हरेक व्यवसायी तथा व्याशायीहरु लाई कारबाहीका दायरमा आउने बताए ।
अहिलेका उपभोक्ताले समान किन्ने मात्रै नभई समान बनेको मिति र प्रयोग गर्न पाइने मिति हेरेर मात्रै समान खरिद गर्न आग्रह गरेका छन् । भने उपभोक्ताहरूलाई शङ्का लागेमा अथवा त्यस्तो शङ्कास्पद वस्तु बेचेको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराएर कानुन कार्यान्वयनमा समन्वयकारी भूमिका खेल्न सबैमा आग्रह गरेका छन् ।