धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्ड कप हुने

महिला गोल्ड कप
प्रकाशित : :

धनगढी : धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्ड कप हुने भएको छ। वनदेवी युवा क्लब तेघरीको आयोजनामा वैशाख ३ देखि १० गतेसम्म धनगढी रङ्गशालामा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिए। “खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो” भन्ने मूल नारा सहित हुन महिला गोल्ड कप नेपालमै महिला फुटबल खेलाडीहरूको सहभागिता रहने सर्वाधिक धनराशिको प्रतियोगिता रहेको उनको दाबी रहेको छ ।

‘नेपाल तथा सुदूरपश्चिममै महिला गोल्ड कप फुटबल प्रतियोगिता कम भएको अवस्थामा यो प्रतियोगितालाई विशेष रूपमा हेरिएको छ ।’ प्रतियोगिता संयोजक अधिकारीले भने–‘प्रतियोगितालाई उत्सव र सानको रूपमा हेरिन्छ भन्ने आशा पनि उजागर गरिएको छ ।’प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले नगद २ लाख ५० हजार पाउने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद ५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई नगद १० हजार दिइनेछ ।

उत्कृष्ट खेलाडीलाई नगद ५० हजार दिइनेछ । प्रतियोगिता सञ्चालन गर्नका लागि झण्डै एक करोड बढी खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘सुदूरपश्चिम प्रदेशमा फुटबलको चहलपहल बढाउने, यहाँका अभिभावकहरूलाई फुटबल खेलतिर उत्प्रेरित गराउने, सुदूरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने तथा तथा सुदूरपश्चिमका महिला फुटबल खेलाडीलाई व्यावसायिक बनाउने उद्देश्य सहित यो प्रतियोगिता आयोजनाको तयारी थालेका हौँ ।’पत्रकार सम्मेलनमा अध्यक्ष जोशीले भने–‘ प्रतियोगिताले सुदूरपश्चिमका धेरै महिला खेलाडीको सम्भावनालाई उजागर गर्ने कुरा स्पष्ट छ ।’

आगामी दिनमा सुदूरपश्चिममा फुटबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्नेमा पनि टेवा पुग्ने अपेक्षा गरिएको जोशीले बताए। वनदेवी युवा क्लब तेघरी लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहदैं आएको छ । क्लबले सुदूरपश्चिममा गोल्ड कप आयोजना गर्नुअघि प्रदेशकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो। प्रदेशमा आयोजना हुने विभिन्न फुटबल प्रतियोगिताहरूको उपाधि समेत जितेको छ । फागुन २८ गते धनगढीमै सर्वाधिक धनराशिको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप आयोजना गरिएको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट