धनगढी : नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ धनगढी नगर कमिटिको अध्यक्षमा व्यवसायी बलराम धमला सर्वसम्मत चयन भएका छन् । बुधबार धमलाको अध्यक्षतामा ११ सदस्यीय कमिटि सर्वसम्मत चयन गरिएको नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले जनाएको छ ।
महासंघको उपाध्यक्षमा नेत्र तिवारी, सचिवमा दिलबहादुर कुँवर चयन भएका छन् । यस्तै सदस्यमा श्याम पाठक, नाथुराम सुुनार, कमल थापा, अमितकुमार भट्टराइ, बिरबहादुर महरा, कोपीला कुँवर चौलागाई, माया घिमिरे र कौशल्या भण्डारी चयन भएका छन् ।