धनगढी : दोस्रो अन्तर्राष्ट्रिय कराँते दो च्याम्पियनमा सहभागी हुन नेपाली टोली भारतको जयपुर पुगेको छ । भारतको जयपुरमा सम्पन्न हुन गइरहेको दोस्रो अन्तर्राष्ट्रिय कराँते दो च्याम्पियनमा नेपालबाट राष्ट्रिय गो जुरियो कराँते दो सँघका महासचिव तथा का.बा. प्रमुख प्रशिक्षक प्रकाश कुमार चन्दको नेतृत्वमा १८ सदस्यीय टोली बिहीबार भारत प्रस्थान गरेकोमा आज (शुक्रवार) त्यहाँ पुगेको हो ।
नेपाली मिति अनुसार चैत्र १९ र २० गते हुने प्रतियोगितामा नेपाल लगायत भारत, श्रीलङ्का, अफगान स्थान, दुबई, बङ्गलादेश र मलेसियाका गरी ६०० जना भन्दा बढी खेलाडीहरूको सहभागिता रहने छ ।
उक्त प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक ब. सिंहले बिदाइ गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको नेपालबाट राष्ट्रिय गो जुरियो कराँते दो सँघका महासचिव तथा का.बा. प्रमुख प्रशिक्षक प्रकाश कुमार चन्दले जानकारी दिनुभयो ।
उक्त प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूको टी(सर्ट धनगढीको निसर्ग अस्पतालले गरेको छ ।
यी हुन्, भारतको जयपुरमा सम्पन्न हुन गइरहेको दोस्रो अन्तर्राष्ट्रिय कराँते दो च्याम्पियनमा नेपालबाट सहभागी हुने खेलाडीहरू :








You must be logged in to post a comment.