नेपाली कांग्रेस सुदूरपश्चिमको प्रचार–प्रसार उप-समितिको संयोजकमा देउवा तोकिए

नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा
प्रकाशित : :

धनगढी : सत्तारुढ नेपाली कांग्रेसले नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवालाई सुदूरपश्चिम प्रदेशको टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमितिको संयोजक तोकेको छ। आसन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि गठित प्रचारप्रसार समिति अन्तर्गत देउवा सुदूरपश्चिमको उपसमिति संयोजक तोकिएका हुन्।

धनगढीका देउवा डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन्। यस्तै देउवाको नेतृत्वमा सुदूरपश्चिमका सबै जिल्लाबाट सदस्य मनोनयन गरिएको छ।

देउवाको नेतृवमा कैलालीबाट शंकर बोहरा, कञ्चनपुरबाट महादेव अवस्थी, डडेल्धुराबाट धनबहादुर भण्डारी, डोटीबाट केशबचन्द्र महरा, अछामबाट खम्म खत्री, बैतडीबाट ईश्वर बोहरा, बझाङबाट रुपक खड्का, दार्चुलाबाट बासुदेब बडु र बाजुराबाट राजेन्द्रबहादुर रोकाया मनोनयन भएका छन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट