धनगढी : धनगढी उप-हानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । शुक्रबार धनगढीमा पत्रकार सम्मेलको आयोजना गर्दै स्वतन्त्र पदका उम्मेदवार हमालले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
”हाम्रो धनगढी, हामी बनाउँछौँ” भन्ने मूलमन्त्रका साथ आगामी पाँच वर्षका लागि गरिने मुख्य मुख्य काम तथा योजनाहरूसहितको प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो । उपमहानगरपालिकालाई आगामी ५ वर्षमा मुलुककै सुन्दर, समुन्नत र नमुना शहर बनाउने हमालले प्रतिबद्धता व्यक्त गरे ।
हमालले पहिलो बुँदामा नै उप–महानगरपालिका तथा वडा कार्यालयहरूलाई भ्रष्टाचार मुक्त बनाइने उल्लेख गरेका छन् । यस्तै उप–महानगरपालिकामा रहेका हालसम्मका पेश्की तथा बेरुजु रकमहरू असुल उपर गरी बेरुजुलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।
“आदरणीय धनगढी उप-महानगरपालिकाका मतदाता आमा बुबा दाजु भाइ तथा दिदी बहिनीहरू । हाम्रो धनगढी हामी बनाउँछौ भन्ने मूलमन्त्रका साथ आगामी पाँच वर्षका लागि गरिने मुख्यमुख्य काम तथा योजनाहरू सहित यो प्रतिबद्धतापत्र सार्वजनिक गर्दछु ।
धनगढीलाई मुलुककै विकसित सुन्दर र नमुना शहर बनाउन धनगढी बासीका सामुन्ने स्वर्णिम अवसर आएको स्थानीय तहको निर्वाचनमा मलाई निर्वाचित गरी धनगदीवासीले आफ्नो उप-महानगरलाई भ्रष्टाचारमुक्त लोककल्याणकारी, स्वच्छ, सुन्दर र समृद्ध नमूना शहर बनाउन योगदान दिनु हुन्छ भन्नेमा मलाई पूर्ण विश्वास छ ।
धनगढीलाई आगामी ५ वर्षमा मुलुककै सुन्दर समुन्नत र नमुना शहर बनाउन मेरा कैसी एजेण्डा यसप्रकार छन् ।
- भ्रष्टाचार नियन्त्रण सुशासन र पारदर्शी सेवा प्रवाह :
१. धनगढी उप-महानगरपालिका तथा बड़ा कार्यालयहरूलाई भ्रष्टाचार मुक्त बनाइनेछ ।
२. उप-महानगरपालिकामा रहेका हालसम्मका पेश्की तथा बेरुजु रकमहरू असुल उपर गरी बेरुजुलाई शून्यमा झारिनेछ ।
३. विकास निर्माणका कार्यहरू संचालन गर्दा उपभोक्ता समितिहरू गठनमा वास्तविक उपभोक्ताहरूलाई प्रोत्साहित र सहभागी गराइनेछ
४. विकास बजेट खर्च हुन नसक्ने परिपाटीको अन्त्य गरी हरेक आर्थिक वर्षमा विकास बजेट पूणरुपले खर्च हुने व्यवस्था गरिने छ ।
५. कार्यालय प्रशासन सुधार गरी जनतालाई चुस्तदरूस्त सेवा सुविधा प्रदान गर्न कर्मचारीहरूलाई तालिम, दण्ड र र पुरस्कारको व्यवस्था गरिनेछ
६. तालिम, सेमिनार आदिका नाममा भइरहेका उपलब्धीविहीन खर्चहरूलाई व्यवस्थित गरी प्रत्यक्ष रूपमा उपयोगी उत्पादनशील हुने गरी व्यवस्थापन गरिनेछ ।
७. उप-महानगरपालिका तथा वडाहरूबाट प्रदान गरिने सेवाहरूलाई डिजिटलाइजेसन गरिने छ ।
८. अव्यवस्थित बसोबास तथा ऐलानी जग्गाहरूको तथ्यांकलाई डिजिटलाइजेसन गरी छिटोभन्दा छिटो लालपूर्जा वितरण गर्न विशेष महत्वका साथ समन्वय गरिने छ ।
- शिक्षा:
१. कैलाली बहुमुखी क्याम्पस, फुलवारी बहुमुखी क्याम्पस, ऐश्वयं बहुमुखी क्याम्पस लगायत सम्पूर्ण सामुदायिक क्याम्पसहरूको पूर्वाधार विकासलगायत शैक्षिक विकासका लागि विशेष महत्वका साथ कार्यक्रम सञ्चालन गरिनेछ । २. उप-महानगरपालिकाको बजेटमा शिक्षालाई उच्च प्राथमिकता दिई सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार स्तरोन्नति गरिने छ ।
३ सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई कार्यदक्षता र कार्यसम्पादनका आधारमा पुरस्कृत हुने गरी शिक्षा सुधारका लागि उत्प्रेरित गरिनेछ ।
४. विद्यालयहरूमा प्राविधिक शिक्षालाई प्राथमिकता दिइनेछ र नया प्राविधिक विषयहरू थप गरिनेछ । ५. सामुदायिक विद्यालयहरूमा बालमैत्री मन्टेसरी विधिबाट अध्यापन गराउने व्यवस्था मिलाइनेछ ।
६. सामुदायिक विद्यालयहरूमा नैतिक शिक्षा, खेलकद, योग, गीत-संगीत, चित्रकला आदिमा विशेष जोड दिइनेछ।
७ रोजगारमूलक तथा उद्यमशील बन्ने गरी शिक्षालाई व्यावहारिक, रोजगारीमूलक बनाउन प्रयत्न गरिनेछ ।
८. समाजमा विकृतिका रूपमा रहेको लागुपदार्थ तथा दुर्व्यसनीको समस्या न्यूनीकरणमा नगरमा रहेका विभिन्न युवा क्लबहरूसँग समन्वय गरी विभिन्न किसिमका रचनात्मक कार्यक्रमहरु संचालनमा ल्याइनेछ ।
- स्वास्थ्य :
१. दीर्घरोगी जस्तैः क्यान्सर, किड्नी, कलेजो, मुटु रोगी, जस्ता जटिल बिरामीको उपचारमा उप-महानगरपालिकाबाट विशेष सहयोग गर्ने व्यवस्था गरिने छ ।
२. उप महानगरपालिकाका सबै वडामा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ ।
३. स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रयास गरिने छ ।
४. ज्येष्ठ नागरिक तथा मातृशिशुको स्वास्थ्यलाई महत्वका साथ प्रत्येक वडाहरूमा घुम्ती विशेषज्ञ सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
५. उप-महानगरका सबै वडाहरूमा शुद्ध, सफा र स्वच्छ खानेपानीको व्यवस्थाका लागि पहल गरिनेछ । ६. उप महानगरमा रहेका स्वास्थ्य चौकी तथा अस्पतालहरूको स्तरवृद्धि गरेर सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाइनेछ ।
- सामाजिक सुरक्षा कार्यक्रम :
१. सामाजिक सुरक्षा अन्तर्गत वृद्धभत्ता सेवाग्राहीको खातामा जम्मा हुने अथवा घरमै पुयाउने व्यवस्था गरी बैंकमा लाइन लाग्नुपर्ने भन्फटिलो व्यवस्थाको अन्त्य गरिनेछ ।
२ एयरपोर्ट तथा अन्य विकास निर्माणका कार्यहरू गर्दा सरकारबाट अधिग्रहण गरिने जग्गाको मुल्यांकन गर्दा बजार मूल्यभन्दा कम नहुने गरी गर्ने व्यवस्थाका लागि प्रयास गरिनेछ ।
३. उप-महानगरपालिकामा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी जस्ता क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तित्वहरूलाई ‘धनगढी तारा’ पदकद्वारा सम्मान गरिने व्यवस्था लागू गरिनेछ ।
४. अनाथ, असहाय बालबालिका तथा असक्त जेष्ठ नागरिकहरूको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी उप-महानगरपालिकाले लिने व्यवस्था मिलाइनेछ ।
५. राना तथा चौधरी समुदायका भलमन्सा प्रथालाई कानुनी वैधता प्रदान गरिने छ र विकास निर्माणका कार्यहरूमा भलमन्साहरूलाई सहभागी गराउने व्यवस्था गरिनेछ ।
६. महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गरी सामूहिकरूपमा महिलाहरूलाई उद्यमशील कार्यमा संलग्न गराउने कार्यक्रम तत्काल लागू गरिनेछ ।
७ अपाङ्गता, दलित, अल्पसङ्ख्यक, जनजाति, विपन्न वर्ग उत्थानका लागि सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने गरी योजनाहरू कार्यान्वयन गरिनेछ ।
८. प्रत्येक वडामा १/१ वटा सामुदायिक भवन निर्माण गरिनेछ ।
९. थारू तथा राना समुदायका संस्कृति एवं देउधानहरूको संरक्षण तथा संवर्द्धन गरिनेछ ।
१०. उप-महानगरपालिकामा चौधरी र राना समुदायहरूबाट ११ जना “सम्पर्क अधिकारी राखिनेछ ।
- कृषि पर्यटन व्यापार व्यवसाय रोजगारी प्रवर्द्धन :
१. उप-महानगरमा एक बड़ा एक उत्पादन कार्यक्रमलाई लागू गरेर कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण
गरिनेछ ।
२. समयमै मल, बीउ आपूर्ति सुनिश्चिता गर्ने प्रयास गरिनेछ ।
३. वार्षिक तीन बाली उत्पादन कार्यक्रम लागू गरी गहुँ पछि मुग खेती लगाउने व्यवस्था मिलाई किसानहरूको आम्दानी वृद्धि गर्ने कार्यक्रम लागू गरिनेछ ।
४. कषि उपजको विक्री वितरण व्यवस्थित गर्नका साथै थोक तथा खुद्रा कृषि हाट बजारको व्यवस्था गरिनेछ ।
५. शीतगृह निर्माणका लागि पहल गरिनेछ।
फोजन उद्योग तथा आधुनिक बधशाला निर्माण गरिनेछ ।
६. कृषिमा सिंचाईको महत्वलाई मुख्य प्राथमिकता दिई किसानहरूको आय आर्जन बढाउन भूमिगत सिंचाई, ग्रामिण विद्युतीकरण अन्तर्गत सिंचाइको सुविधा पत्याइनेछ ।
७ माछा, मासु उत्पादन गर्ने कृषकहरूको आयवृद्धिका लागि पशुपन्छी व्यवसायीसंग पीपीपी मोडेलमा माछा मासु
८. छाडा गाई वस्तुहरूलाई व्यावसायिक रूपमा व्यवस्थापन गर्ने कार्यलाई उच्च महत्व दिइनेछ ।
९. नगरमा उद्योग सञ्चालन गर्न विशेष सहुलियत प्रदान गरिनेछ ।
१०. प्रत्येक वडामा कृषि प्राविधिक सेवा पुयाउने व्यवस्था गरिनेछ ।
११. कृषि एप निर्माण गरी कृषकका उत्पादनहरूको बजार पहुँच सुनिश्चितता गरिनेछ ।
१२. एग्रो फरेष्ट्रीको अवधारणा लागू गरेर किसानको आयआर्जन वृद्धि गरिनेछ ।
१३. खुद्रा तथा फुटपाथ व्यवसायीहरूका लागि मुख्य बजारनजिकै ठाउ उपलब्ध गराएर उचित व्यवस्थापन गरिनेछ ।
- पर्यावरण तथा स्वच्छ, सफा धनगढी :
१. शहरको फोहरमैला व्यवस्थापनका लागि वैज्ञानिक विधि अपनाइनेछ । २. वृक्षरोपणलाई विशेष महत्व दिई धनगढी उप-महानगरलाई हराभरा सुन्दर बनाइनेछ ।
३. निजी र सरकारी पहलमा शौचालय तथा रेष्टुरेन्ट सहितको पार्किंड सुविधाको व्यवस्था गरिनेछ ।
४. सार्वजनिक जग्गाको पहिचान गरी तिनमा बाल उद्यान, ज्येष्ठ नागरिक आनन्दालय, खेलमैदान बनाइनेछ ।
५. खोलानालाको अतिक्रमण हटाएर ग्रिन बेल्ट जगिङ साइट तथा साइकल लेन बनाइने छ ।
६. पर्यावरणीय सुधारका लागि उप महानगरमा प्लाष्टिक प्रयोगलाई न्यूनीकरण गरिनेछ
७ वर्षीदेखि बसोबास गर्दै आएका तर हालसम्म पनि जग्गा धनीपूर्जा प्राप्त गर्न नसकेका परिवारहरूको लगत
संकलन गरी कानुनी प्रकृया पुरा गरी जग्गा धनीपुर्जा वितरण गरिने कार्यलाई प्राथमिकता दिइनेछ
- योजनाबद्ध पूर्वाधार विकास :
१. धनगढी उप-महानगरपालिका त्यसको दीगो समाधान गरिनेछ ।
बासिन्दाले भोग्दै आएको डुबान समस्यालाई मुख्य समस्याका रूपमा ग्रहण गरी
२ धनगढी नगरको सुन्दरतामै नराम्रो प्रभाव पारिरहेका जीर्ण अवस्थामा रहेको क्याम्पस चोकदेखि चौराहसम्मको
मूल सडक कालोपत्र गर्ने कार्यलाई विशेष प्राथमिकता दिइनेछ ।
३. उप-महानगरको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना बनाई पहुंचका आधारमा नभई आवश्यकता र प्राथमिकताका आधारमा विकास योजनाहरू सञ्चालन गरिनेछन ।
४. नदी नियन्त्रणका लागि प्रदेश तथा सङ्घीय सरकारसंग समन्वय गरी तटबन्धका कार्यक्रम तदारुकताका साथ लागु
गरिनेछ ।
५. बेहडाबाबा मन्दिर, जोखर ताल, शिवपुरी धाम, नेतुवा ताल लगायतका अन्य सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना बनाई तिनको संरक्षण र विकास गरिनेछ ।
६ निर्माणाधीन परियोजनाहरूलाई समयमै पूरा गर्ने व्यवस्था गरिनेछ ।
७. सडक लगायत अन्य विभिन्न पूर्वाधार निर्माण गर्दा निर्धारित मापदण्ड अनुसार सडकको क्षेत्राधिकार घटाइने छैन
८. धनगढी नगरको स्थानीय यातायातमा महत्वपूर्ण भूमिका रहेका स्वरोजगार अटोरिक्सा र टेम्पो व्यवसायीहरूलाई व्यवस्थित गरी चार्जिङ्ग सहितको पार्किङ्ग स्थलहरू निर्माण गरिनेछ ।
९. यस नगरमा रहेको महत्वपूर्ण बेहडाबाबा मन्दिरमा आउने भारतीय श्रद्धालुहरूलाई ध्यानमा राख्दै भारतीय
पर्यटक स्थानीय आयआर्जनमा टेवा पुयाउने, मन्दिरसम्म पुग्ने सडक तथा शिवगङ्गा नदीमा पुल निर्माणलाई मुख्य प्राथमिकतामा राखिनेछ ।
१०. विभिन्न नदी नालाहरूमा निर्माण हुन बाँकी स्थानहरूमा पुल निर्माण कार्यलाई तत्काल प्राथमिकतामा राखिनेछ ।
११. धनगढी नगरभित्रमा टेलिफोन सुविधा नपुगेका स्थानहरूमा टेलिफोन सेवा पुयाइनेछ । धनगढी उप-महानगरपालिकाको मेयरमा विजयी भएपछि मेयरले पाउने भत्ता, गाडी, इन्धन, यातायात, होटेलवास लगायतका कुनै पनि सुविधा नलिने र नगरबासीको भलाईका लागि मेरो विवेकले जानेसम्म इमान्दारीपूर्वक अहोरात्र खटिएर सेवामा समर्पित हुनेछु। सेवाको अवसर प्रदान गर्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।
धन्यवाद !
गोपाल हमाल
नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार धनगढी उप-महानगरपालिका”