धनगढी ३ को वडा अध्यक्षमा ऐरले स्वतन्त्रबाट उम्मेदवारी दिने

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को वडाध्यक्षकालागि स्वतन्त्रबाट बल बहादुर ऐरले उम्मेदवारी दिने भएका छन् ।
प्रकाशित : :

धनगढी : धनगढी उप-महानगरपालिका वडा नम्बर ३ को वडाध्यक्षकालागि स्वतन्त्रबाट बल बहादुर ऐरले उम्मेदवारी दिने भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा सम्पन्न भएको स्थानीय चुनावमा धनगढी वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित भएका ऐरले यसपटक स्वतन्त्र उम्मेदवारी दिने भएका हुन्। माओवादीले धनगढीको उपमेयरमा शान्ती अधिकारीलाई अगाडी बढाएपछि उनले स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवार घोषणा गरेका हुन्।

कार्यकर्ताको इमान्दारीता,सम्मान तथा कुनै पनि मूल्याङ्कन नगरेको भन्दै आफूसहित २३ जना वडा कमिटी सदस्य १७५ जना वडा सदस्यले पार्टी परित्याग गरेको बताएका छन्।

बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकाको स्वतन्त्र नगर प्रमुख पदका उम्मेदवार गोपाल हमालको टिमबाट आफू स्वतन्त्र वडा अध्यक्ष सहित ५ जना प्यानल स्वतन्त्र उम्मेदवारी दिने ऐरले बताए। ऐरले यसअघि नै वडा अध्यक्षबाट राजीनामा दिइसकेका छन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट