काठमाडौँ : विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवार बनेका च्योल्पा गुरुङ निर्वाचित भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका गुरुङ वडाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित भनिको भन्दै प्रचार गरिएको थियो । मनाङको नेस्याङ गाउँपालिकाको वडा नम्बर ९ खाङसारमा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।
उनले भने, ‘म स्वतन्त्र उम्मेदवार हो । मलाई नेकपाले केन्द्रीय नीति अनुसार निर्वाचनमा सहभागी गराएको हो ।’