काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह ‘बालेन’ले चुनाव चिह्न लौरो पाएका छन् ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार शनिबार देशभरकै स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न बाँडिँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले उनलाई लौरो चुनाव चिह्नका रुपमा दिइएको बताएको छ ।