नेपालको उदाङ्गो राज्य ब्यबस्था र कोरोना कहर !

अनि कसरी जोगिन्छ मानव जीवन ?

नेपालको उदाङ्गो राज्य ब्यबस्था र कोरोना कहर
प्रकाशित : :

धनगढी: नेपालको राज्य ब्यबस्था ,राजनीति र कोरोना एक अर्कोमा अन्तर सम्बन्धि छन । विभिन्न आन्दोलन र जनताको बलिदान बाट प्राप्त लोकतन्त्र र माविय जीवन अहिले संकटमा परेको छ । राजनीतिक मुल्य मान्यता र संस्कृति विलीन हुदैन गएको छ। भने राज्यको दायित्व र भूमिका पनि अस्ताउनु लागेको घाम जस्तो हुदै छ।

हुन त मानवको जन्म र मिर्त्यु शाश्वत सत्य हुन तर पनि राज्य ब्यबस्था र राजनीतिक कु सस्कारको कारण यतिबेला नेपाली नागरिकको निरीह रूपमा ज्यान गइरहेको छ । यसरी मानवीय ज्यान जानू भनेको राज्य द्वारा नागरिकको हत्या गरिनु हो।राज्य किन त भन्दा आपत बिपत र नागरिकको धनजनको सुरक्षाका लागि निर्माण गरिएको संरचना हो। तर हाम्रो देशको राज्य सरकार ज्यान मार्ने कुरामा उद्दत भएको देखिन्छ । जहाँ धन जनको रक्षा र नागरिकले सुरक्षा महुसुस गर्दैनन् भने त्यो राज्यमा राजनितीले जनमत माग्ने नैतिकता हुदैन । राज्य राजनीति द्वारा संचालित हुन्छ कुसंस्कारको राजनीति र मिथ्या भाषणले राजनीति र राज्यको प्रतिनिधित्व गर्दैन ।

अहिले तमाम नेपालि कोहि भारत र बिदेशमा छट पटाउदै मरिरहेका छन भने देश भित्रका नागरिक जसले यी नाथे मनुवाहरुलाई पगरी गुथेर सत्तामा पुर्‍याएका थिए ती जनता आज रोग र भोकले सडकमा नाङै मर्न बाध्य छन । सिटामोल नपाएर ज्यान गएको अवस्था छ । दैनिक २०० भन्दा बढीको ज्यान गईरहेको भए पनि राज्य सरकार मौन तर सत्ताको हनिमुन मनाउनमा नै ब्यस्त छ । नेपालका प्रधान मन्त्री टुक्का हान्न मै ब्यस्त हुनुहुन्छ । कहिले गुर्जो खानु , कहिले अम्बाको पात खानु ,हाच्यु गरि कोरोना उडाउनु भन्ने जस्ता गैर जिम्मेवार पुर्ण उखान र टुक्के अभिव्यक्ति दिएर जनताको हत्या गरिरहेका छन।

राज्यका सयन्त्रको दुरुपयोग गरिरहेका छन ।राजनीतिक संस्कार कुल्चिनु भएको छ। प्रधानमन्त्री मन्त्री ज्यु तपाईले के के काम जनताको लागि गर्नु भो त ? डीजिटल नेपाल बनाएको , धरहरा, मेलम्ची र मठ, मन्दिर , अयोध्यापुरी निर्माण र कालो पत्रे सडकको फुई लाउनु हुन्छ । अरे टुक्के बा यो मात्रै बिकाश होइन बिकास त्यो हो जहाँ मानवीय सुरक्षा , मानवीय सम्बेदना र नागरिकको स्वास्थ्यको जोखिमता लाई घटाउने काम हुन्छ । प्रती ब्यक्ति आय बढछ। मानवीय सूचकांक कहाँ छ , कसले खान पाएको छ , कुन नागरिक भोको छ , कसले उपचार पायो कसले पाएन ? यो हेर्ने राज्य र सरकार हो ।

उर्जावान युवा खाडिमा रगत र पसिना बगाएइरहेका छन भने ज्येष्ठ नागरिक , अशक्त , असहाय , सिमान्तकृत बर्ग अपांगता भएका नागरिक जसले यो देशमा भुरे ठालुहरुलाई सकि नसकी मत दान केन्द्र सम्म गइ मतदान गरे त्यसको परिणाम आज के सुबिधा पाए त भन्दा औषधि उपचारका क्रममा अक्सिजन , भेनिटलेटर र शैया नपाएर अकालमा ज्यान गुमाउनु परेको छ । कयौंका बाबु नानी हरु टुहुरा भएका छन । कयौं चेलिको सिंदुर पुछिएको छ भने कयौं पुरुषहरूको जीवन संगीनि गुमेको पिडा छ। यो चीत्कार , असह्य पिडा , ती नाबालकहरुको क्रन्दन, लासमाथी पिङ खेलिरहेको छ मेरो सरकार ।

अहिले भौतिक बिकाश निर्माण पहिलो प्राथमिकता हुदै होइन , अहिलेको प्राथमिकता भनेको मानव जिवन जोगाउन हो तर सरकार सडक बनाउदै छ। झोलुङ्गे पुल बनाउदै छ, खेल मैदान बनाउदै छ , धरहरा , पार्टी, पौवा , चौतारो निर्माणमा ब्यस्त छ किनभने त्यहा कमिसन छ तर मानवीय जीवन रक्षा गर्दा कमिसनको माईलेज कम छ। कम माइलेज भएको काम किन गर्ने बरु जति मर्छ्न मर्न दिने, “सडेका आँप हुन झर्न दिने रे ” । खोप र अक्सिजन खरिद गर्न कमिसन माईलेज मिलिरहेको छैन । देशको बिकास र नागरिकको रक्षा त कता हो कता लोकतान्त्रिक गणतन्त्र नेपालको अस्तित्व समाप्त गरि आफ्नो परिवारमा नै आगो लगाई भस्मासुरको हुन्कार दिन मगन मस्त सरकारले के सुरक्षा दिन्छ ?कहिले भुकम्पको नाममा भ्रस्टाचार गरे , कहिले पुनर्निर्माणको , कहिले वाढि पहिरो त कहिले आगलागी , व्हाईट बडी , बालुवाटार, यन्सेल काणड जस्ता जघन्य अपराध र बिकृतिहरुको जालोमा निमुखा नेपाली जनता झेलिएका छन् ।

अहिले खोप र औषधिमा कमिसन अनि भ्रष्टाचार औसधि र खोपमा कमिसन खानु भनेको गरिब निमुखा नागरिकको रगत चुस्नु सरह हो । मान्छेको मृत्यु धमाधम भईरहेको छ खोप शैया र औसधिको अभावमा तर मसान घाटहरु भने झिलिमिली देखिन्छन , मरेको लास माथी राजनिती गरि पार्टीको झन्डा ओढाउछ्न र एक होनहार कुशल कार्यकर्ता गुमाएको भनी हुन्कार गरिन्छ ।खै यिनको नैतिकता जीवन हुँदा सिटामोल नदिने मरेपछि झन्डा ओढाएर लास माथी राजनिती गर्ने , कठै नेपाल आमाका सन्तान !!!

हामीले सरकार संचालन गर्ने जिम्मेवारी कस्ता ब्यक्ति लाई दियौं त्यो पनि महत्त्वपूर्ण कुरा छ। राजनीतिक संस्कार ईमान र नैतिकता गुमाएका ब्यक्तिको हातमा देश पार्नु “बादरको हातमा नरिबल “भने जस्तै हो । अहिले हामिले त्यही नियति भोगिरहेका छौ ।अहिलेको यो कोभीड- १९ को कहालीलाग्दो कहरले राजा र राणाको ईतिहासको प्रसङ्ग आउछ । राणा र राजाले वीर अस्पताल , सरुवा रोग अस्पताल सिंह दरबार , बिमानस्थल , सैन्य अखडा , भौतिक संरचना र यन्त्र उपकरणको ब्यबस्था नगरेको भए यी भुरे थालु कहाँ बस्थे , कसरी जनता माझ नाक ठाडो गर्थे । बि.स. २०४७ भन्दा यता कुन चाहि संरचना बन्यो ? जनताले के सुबिधा पायो । केही भएछ भने नेताको भुडी भरियो, छोराछोरी बिदेश पढाए होलान , श्रीमती लाई गहना किने होलान, घर खेत र सम्पत्ति कमाएर बिदेशी बैंकमा जम्मा गरे , पजेरो र प्राडो चढ्नु भयो ।

तर निमुखा जनताले करको नाममा नोट र भर भरोसाको नाममा भोट दिए । यो नेपालको स्वास्थ्य क्षेत्र बिजोग छ शिक्षा र स्वस्थ्य जस्ता मानवीय जीवन संग प्रत्यक्ष सरोकार राख्ने आधार भुत आवस्यकतालाई रास्ट्रियकरण गर्नु पर्छ भनी गोबिन्द केसिले आमरण अनसन बस्दा उहाँलाई सरकार बिरोधिको आरोप सरकरहरुले लगाउद्दै आए , आज यो बिस्वब्यापी महामारी आउँदा थाहा भयो यो नेपालको संरचना त केवल (स्केलेटल सिस्टम) हड्डीको पुन्ज मात्र रहेछ भित्र खोकलो बाहिरको बोक्रा सहितको गुदो त सब खाईसकेका रहेछ्न ।

अनि कसरी जोगिन्छ मानव जीवन ? यस्तो राज्य ब्यबस्था र सरकारले केबल संसदीय गणित जोड घटाउ गर्दै आफ्ना निजि स्वार्थ पुरा गरेर देश र जनताको रगत पसिना चुसेर जुका जस्तै टन्किएका छन । अहिलेको यो महामारीले देखाइदियो हाम्रो बिकाश ,राष्ट्रिय संरचना, ईमान र नैतिकताको राजनीति । धोती फुत्केका लाज सरम नभएका जोगिको जस्तो अर्को देश सङ भिख मागिरहेको उदाङो राजनीति र राज्य ब्यबस्था यो कोभीड- १९ को कहालीलाग्दो कहरले छर्लङ्ग पारेको छ।
अब यो उदाङो राज्य ब्यबस्थाको पछी लागेर नेपाली दाजु भाइ, दिदीबहिनी र आमाबुबाको ज्यान बचाउनु सबै युवा शक्ति , नागरिक समाज र सम्ब्द्ध सबै तह र तप्का बाट सक्दो प्रयास गरौं । पशुपति नाथले सबैको रक्षा गरुन् !!! लेखक नन्दराज भट्ट राजनीति शास्त्रका विद्यार्थी समेत हुन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट