आजको मन्त्रिपरिषद् बैठकका ११ निर्णय

सत्ता गठबन्धनको बैठक सुरु
प्रकाशित : :

काठमाडौं : मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकबाट विभिन्न निर्णयहरू गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट ती निर्णयहरू गरिएको हो ।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि बसेको उक्त बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीको म्याद तीन महिना थप गर्नेलगायत विभिन्न निर्णयहरू जनाएको छ ।

१. सुशासन विधेयक पारित गर्ने, सुशासन आयोग गठन गर्ने ।
२. पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने ।
३. विश्वव्यापी व्यापारका लागि सहायता पुनरवलोकन कार्यक्रममा नेपाल सहभागी हुने ।
४. नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने ।
५. पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने ।
६. नेपाली इँटा व्यवसायीको दुईपक्षीय परामर्श संयन्त्र स्थापित गर्ने ।
७. नेपाल–चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने ।
८. नेपाल र मोरक्कोको दुईपक्षीय सम्बन्धका विषयमा परामर्श गर्ने ।
९. राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ स्वीकृत गर्ने ।
१०. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बाधा, अड्चन फुकाउने ।
११. सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीको म्याद तीन महिनाका लागि थप्ने ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट