धनगढी : नेपाली चेलिहरुको महान चार्ड मानिने हरितालिका तिज यसपालि भाद्र १४ गते परेको छ। हाल तिजलाई ठुलो तामझामका सथ बनाउने प्रचलन बढ्दै गएकोमा यस वर्ष जिल्लामा अनावश्यक तामझामका साथ कार्यक्रम गर्न नपाइने भएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीले उक्त विषयमा ध्यानाकर्षण सहितको सुचना समेत जारी गरेको छ। जिल्ला प्रशासनले बिहीबार एक सूचना जारी गर्दै खर्चिलो तथा भड्किलो रुपमा तिज कार्यक्रम नगर्न आग्रह गरेको हाे । यदि कसैले उक्त ऐन विपरीत अनावश्यक तामझामका साथ कार्यक्रम गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रसाशन कार्यालय कैलालीले जनाएको छ ।
जारी सूचनामा धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने सम्बन्धमा सामाजिक व्यवहार (सुधार) ऐन र नियमावली, २०३३ ले व्यवस्थित र नियमित गर्ने गरेको उल्लेख गर्दै प्रशासनले खर्चिलो तथा महंगा तिजका कार्यक्रम नगर्न आग्रह गरिएकाे हाे ।







You must be logged in to post a comment.