गुँड बनाउँदादेखि नै नियाल्दै आएको थिए । लामो प्रयासपछि उनीहरूको सपना साकार भयो । घरमै सानो नास्ता पसल छ ।
त्यहीँ पसलको भित्र एक छेउमा उनीहरूको सपनाको मात्र नभएर बिपनाको घर ठडेकाे थियो । समय बित्दै गयो हेर्दाहेर्दै गुँडमा बचेराको आवाज सुनिन थाल्यौँ । भँगेरा भँगेरीले पालैपालो चारो खुवाएको खुब नियालेर हेर्ने गर्थे ।
राति सटर बन्द भएपछि खाना खादा टेबलमा उनीहरूको थोरै भाग छुट्याउन थाले । त्यही भातका सिता टिप्दै चिरबिर चिरबिर गर्दै गरेका बचेरालाई खुवाएको देख्दा मन प्रसन्न हुन्थ्यो ।
दिन बित्दै गयो । दुई दिन भयो । भँगेरा भँगेरी कोही आएनन् । बचेराको चिच्याहटले मलाई नि खान मन लागेन । मनले मानेर डी फ्रिजमाथि टेबल राखेर हेरे । रातै रहेछन् । भोकाएका रहेछन् । समझ आएन । मलाई थाहा छ नाबालकमा आमा गुमाउनुको पीडा । निकाल्न खोज्दै थिए ।
ललित (८) ठुलो बाबा यिनीहरूको मम्मी मरी हाल्यो । म झसङ्ग भए । त्यसैले रहेछ चारो खुवाउन नआउने मनमनै सोचे । बाबु कसरी मर्याे ? पंखाले काटिएर । बसेको रहेछ कसले चलाइदियो त्यसैमा काटिएर मर्याे ।
उसले बच्चा निकाल्न दिएन । नछुनोस् फेरि उसको बाबा आउँदैन फेरि उसले सम्झायो । बाबा जिन्दा छ र ! मैले पुनः सोधे । उसले हिजो मात्र देखेको बतायो ।
केही गर्न सकिन । त्यत्तिकै छोडे । बेलुकासम्म हेरम नभए केही उपाय गरौला सोच्दै बसेको थिए ।
नभन्दै बेलुका भँगेरा भँगेरी चारो लिएर आएको देखे । मन प्रसन्न भयो । मनमनै सोचे भँगेराले भँगेरी लिएर आएछ । फेरि सोचे जेसुकै होस बिचराहरूको ज्यान बच्यो ।
ठुला भए । एक दिन उडाउँदै गर्दा उड्न नसकेपछि समातेर खिचिएको फोटो । खुट्टामा समस्या हुँदा अन्य झैँ सजिलै बस्न नसक्दो रहेछ । (सत्य घटनामा आधारित कथा : भँगेरा भेरीको, लेखक पत्रकार भीम राज ठाकुर)