धनतेरसका लागि असर्फी वितरण गर्दै राष्ट्र बैंक

धनतेरसका लागि असर्फी वितरण गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तिहारअघि धनतेरस(धनवन्तरी जयन्ती)को दिनमा पूजाका लागि सर्वसाधारणलाई असर्फी (सुनको सिक्का) वितरण सुरु गरेको छ । असर्फी तथा चाँदीका सिक्का किन्न सर्वसाधारण राष्ट्र बैंक अघि बिहीबार लाम लागेका छन् ।

सर्वसाधारणले टक्सार महाशाखाबाट खरिद गर्न सकिने सुनको असर्फी २.५ ग्राम, ५ ग्राम र १० ग्रामका छन् । तिनीहरूको मूल्य बजार मूल्यमा आउने उतार चढावसँगै दैनिक तोकिने गर्दछ । राष्ट्र बैंकले सुनचाँदीकाे बजार मूल्यभन्दा २ सयदेखि ३ सय रूपैयाँसम्म थपेर लिने गरेकाे छ ।

टक्सार महाशाखाबाट खरीद गरिएका सुन तथा चाँदीका सिक्का पुनः सोही महाशाखामा बिक्री गर्न पाइँदैन । अर्थात्, नेपाल राष्ट्र बैंकले र्सवसाधारणमा सुन तथा चाँदीका सिक्का बिक्री गर्दछ, सर्वसाधारणबाट खरिद गर्दैन ।

नेपाल राष्ट्र बैंकले विक्री गर्ने स्मारिका सिक्का, मेडालियन नेपाल राष्ट्र बैक, मुद्रा व्यवस्थापन विभाग अर्न्तर्गतको टक्सार महाशाखा, बबरमहलबाट किन्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले विक्री गर्ने सुन तथा चाँदीका असर्फीरसिक्का नेपाल राष्ट्र बैक, मुद्रा व्यवस्थापन विभाग अर्न्तर्गतको टक्सार महाशाखा, बबरमहल तथा प्रदेशस्थित कार्यालयहरूबाट किन्न सकिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार