मतदान गर्ने दिन अर्थात् मङ्सिर ४ गते कैलालीमा  सवारी साधन चलाउन नपाइने

कैलाली निषेधाज्ञाको दोस्रो दिन
प्रकाशित : :

धनगढी : कैलालीमा निर्वाचनका दिन सवारी साधन चलाउन नपाइने भएको छ । मंसिर ४ गते आइतबार हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

निर्वाचनका दिन, मतदानको दिन एम्बुलेन्स, शववाहन, दमकल, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन,फोहोर मैला ओसारपोसार गर्ने सवारी साधन,आकस्मिक बिरामी बोकेका गाडी बाहेक अरु गाडी सञ्चालन गर्न नपाइने सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

मतदानको दिन अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालन गर्न नपाइने उनले बताए। आदेश अनुसार आफुले मापदण्ड कार्यान्वयका लागि सूचना जारी गरिएको हो।

यस्तै, उम्मेदवार, उम्मेदवारको एक जना निर्वाचन प्रतिनिधिले पास लिनुपर्ने र पास लिएका गाडी मात्रै सञ्चालन हुने जनाइएको छ। पास लिएका गाडीमा पनि परिचयपत्र बाँहेकका व्यक्ति, मतदाताहरुलाई बोक्न पाइने छै्न भने मतदान केन्द्रमा गाडि लैजान पाइने छैन्।

मतदानको दिन कसैले मापदण्ड विपरित सवारी साधन प्रयोग गरेको पाइएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट