काठमाडौं–४ मा गगन थापा विजयी

gagan thapa
प्रकाशित : :

कांग्रेस महामन्त्री गगन थापा काठमाडौं क्षेत्र–४ बाट एमालेका राजन भट्टराईलाई हराउँदै संघीय संसद्मा विजयी भएका छन्।

थापाले निकटतम प्रतिद्वन्द्वी एमालेका भट्टराईलाई ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन्। थापाले २१ हजार ३०१ मत पाए भने भट्टराईले १३ हजार ८५५ मत ल्याए।

२०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए। उक्त चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए। भट्टराई ३ हजार २ सय मतान्तरले थापासँग पराजित भएका थिए।

२०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए। २०६४ मा थापा समानुपातिक सांसद थिए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट