डोटी प्रदेश (१) मा एमालेका चक्र मल्ल विजयी

डोटी प्रदेश (१) मा एमालेका चक्र मल्ल विजयी
प्रकाशित : :

 डोटी प्रदेशसभा ‘१’मा नेकपा एमालेका उम्मेदवार चक्र मल्ल विजयी भएका छन्। लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन्।

नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका मल्लले १५,२७९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सिंहले १४,८२९ मत पाएका छन्।

हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले ५४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले ७५५ मत पाएका छन्। प्रदेश ‘१’मा ३३ हजार ३२२ मत खसेको थियो। जसमा १ हजार ९ सय १९ मत बदर भएको छ।

यस्तै डोटीको प्रदेश सभा “ख” मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिव सिंह ओली विजयी भएका छन । प्रतिनिधि सभातर्फ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले भारी मतान्तरका साथ अगाडी छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट