तेश्रो प्रयासमा कांग्रेस महामन्त्री विश्वप्रकाश विजयी

विश्वप्रकाश शर्मा
प्रकाशित : :

अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक भने बाजी मारेका छन् ।

उनले एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेललाई १४२७५ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिक यात्रा तय गरेका हुन्।

एमालेको प्रभाव क्षेत्र मानिने क्षेत्र नं १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए ।

पार्टीभित्र प्रभावशाली युवा नेताको छवि बनाएका शर्माले ३९६२४ मत पाउँदा खरेलले २५३४९ मत मात्रै पाए । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।

दुई पटक यसै क्षेत्रबाट पराजित भएका महामन्त्री शर्माले कार्यकर्ता पंक्तिकै असन्तुष्टिका बीच तेश्रो पटक उम्मेदवार बन्ने निर्णय गरेका थिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट