बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय

Nirwach Aayog
प्रकाशित : :

निर्वाचन आयोगले पुन: मतदानको माग गर्दै मतगणना अबरुद्ध भएका बाजुरा र स्याङ्जामा मतगणना सुचारु गर्ने निर्णय गरेको छ।

बुधबार बसेको आयोग पदाधिकारीहरुको बैठकले ती दुई स्थानमा मतगणना सुचारु गर्ने निर्णय गरेको हो।

स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराका केही मतदान केन्द्रमा भएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा आयोग पदाधिकारीबीच भएको छलफलले मतगणना गर्ने निष्कर्ष निकालेको हो।

आयुक्तहरुबीच मतगणना गर्ने कि मतदानमा जाने भन्ने विषयमा विवाद भएको थियो। ती दुई जिल्लाका केही मतदान केन्द्रमा धाँधली गरिएको, मृत्यु भएका व्यक्तिहरुको नाममा समेत मतदान गरिएको उजुरी आयोग समक्ष परेपछि मंसिर ४ गते भएको चुनावको मत गणना सुरु समेत हुन सकेको छैन।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट