सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दोस्रो कार्यकालको लागी रावल नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दोस्रो कार्यकालको लागी रावल नियुक्त
प्रकाशित : :

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र सिंह रावल नियुक्त भएका छन् ।  २९ सांसदको समर्थन सहित बुधवार साँझ  दाबी पेश गरे सँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

रावलले एमालेसँगै माओवादी केन्द्र, नागरिक उन्मुक्ति  र राप्रपा गरी २९ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।

५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउँन २७ संसद आवश्यक पर्छ । जसमा मुख्यमन्त्री रावलले  एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपा १  सांसद गरी २९ जनाको सहमतिमा मुख्यमन्त्रीमा रावल नियुक्त भएका हुन  ।

२९ सांसद सहित रावलले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरे लगत्तै प्रदेश प्रमुख जोशीले रावललाई मुख्यमन्त्रीको प्रमाण पत्र प्रदान गरेका छन् । भने अव रावलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नु पर्ने छ । 

केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालो पालो गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भाग परेको छ ।

मओवादीको भागमा परेको सभामुखमा भिम बहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन । र नेपाली कांग्रेसबाट पनि सभामुखमा मान बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट