काठमाडौँ : सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । इटहरीमा शनिवार भएको फाइनलमा प्रदेश- लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।
उपाधिसँगै सुदूरले ५ लाख र उपविजेता प्रदेश-१ ले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रदेश-१ ले दिएको १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरले १९ ओभर ५ बलमा १०२ रन जोड्दै लक्ष्य पूरा गर्यो ।
सुदूरको जितमा सम्झना खड्काले अविजित २७ रन जोडिन । कविता जोशी १९ रनमा अविजित रहिन् । डोली भट्टले २२ तथा कविता कुँवरले १२ रन जोडिन । प्रदेश-१ का लागि सबनम राई, सङ्गीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १र१ विकेट लिए ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । प्रदेश-१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन जोडिन ।
यस्तै अप्सरी बेगमले १५ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १४ रन जोडिन । सुदूरकी मनीषा चौधरीले २ तथा ऋतु कोनुजियाले १ विकेट लिइन् ।