त्यो एक दिन जब म घर बाट पहिलो चोटी टाढा आए
गारो त्यो एक पल विताउनै गारो ।
लाग्यो मनमा ठूलो ढुंगाको बोझ छ
अनि सम्झे त्यो मन को बोझ भन्दा ठूलो जिम्मेवारी छ ।
आमा तिर हेरे देखें आखाभरी आँसु
लिएर मै लाई नै रोकिरहेछ जस्तो।
बाबा तिर हेरे मनमा भएको माया
मनमै दबाएर भित्र भित्रै भक्कानिए जस्तो ।
त्यो एक पल मेरो जिन्दगीको कठिन पल
जहाँ रहर र बालापनको झोला विसाई
सपना र जिम्मेवारीको झोला बोकेको थिए ।
मनमा कुराहरू खेलिरहेथे सोचिराथे मेरो रहर ठूलो की सपना ।
आमाको माया ठूलो कि बाबाको बलिदान।
फर्केर हेर्दा देखें आमाको ममताले भरिएको मुहार
जसरी मलाई नै रोकिरहेछन् ।
बाबाको कठोर बोली जसमा
जिन्दगी भारी देखाउन नसकेको माया लुकेको छ ।
त्यो दिन मेरो जिन्दगीको पहिला कठोर पाइला चाहेको दिन।
जहाँ मनले आमाको माया र बाबाको साथ मागिराथ्यो भने
मस्तिष्कले आमाबुबाको सपना र घरको जिम्मेवारी।
जहाँ पाइला अगाडि बढिरहेका थिए र मन,
मन भने त्यही आमाको काखमा तटस्थ थियो ।।
त्यो दिन , जब आमाको पछ्यौरी र बाबाको हात छोडेर
सपना र जिम्मेवारी तिर पहिलो पाइला चालेको दिन ।
मन भित्रको बालापनलाइ मारेर जिम्मेबार छोरा बनेको दिन ।
त्यो एक दिन कस्तो थियो कस्तो
मन र मस्तष्क को द्वन्द, रहर र जिम्मेवारीको द्वन्द
अनि सपना,
सपना भने सानो बच्चालाई सुताउनको लागि
आमाले आफ्नो धोतीले बनाएको पीङ
कहिले रहर तिर त कहिले जिम्मेवारी तिर ।
त्यो दिन म आमाको काख छोडी खुला आकाशमा उडेको दिन ।
त्यो दिन बाबाको हात छोडी जिम्मेवारीको पथमा हिँडेको दिन।
त्यो एक दिन बच्चा बाट जिम्मेबार छोरा बनेको दिन।
त्यो दिन मेरो सपना र जिम्मेवारीको झोला बोकेको दिन ।
त्यो दिन मेरो जिन्दगी कै कठिन दिन ।।
–राजेश चन्द