धनगढी : स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल प्रा.लि. धनगढी, सहिदगेट र माईलस्टोन ईङ्गलिस बोर्डिङ स्कुलको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ३५० बढी जनाले स्वास्थ्य परामर्श सेवा लिएका छन् । धनगढीको भानु चोकमा अवस्थित माईलस्टोन ईङ्गलिस बोर्डिङ स्कुलमा आयोजित उक्त निःशुल्क स्वास्थ्य शिविरबाट उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकले स्वास्थ्य परामर्श सेवा लिएका हुन् ।
शुक्रवार एका दिनका लागी आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कक्षा पिजी देखि कक्षा ८ सम्म अध्यापन गराउँदै आएको उक्त स्कुलको प्राङ्गणमा दिउँसो १२ बजे देखि ५ बजे सम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा रहेको थियो ।
यस्तै, निःशुल्क स्वास्थ्य शिविरमा माईलस्टोन ईङ्गलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक भुवन मल्ल विद्यालयका अन्य शिक्षक तथा कर्मचारी र स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल प्रा.लि. धनगढी, सहिद गेटको तर्फबाट सञ्चालक सदस्य प्रफुल पन्तको संयोजकत्वमा विशेषज्ञ डाक्टर द्वय डा. लक्षमण कुँवर (एम.बी.बी.एस), डा. मनिस गहतराज (एम.बी.बी.एस), निशा शाहु (स्टाफ नर्स), दिनेश डगौरा (एच.ए) र नीरज शर्मा (लेखा अधिकृत) को टोली निःशुल्क स्वास्थ्य शिविरमा सेवार्थ खटिनुभएको थियो ।

त्यस्तै, निःशुल्क स्वास्थ्य शिविरमा उपचार तथा परामर्शकर्ताहरूको प्रतिनिधित्व गर्दै डा. लक्षमण कुँवरले अहिलेको बालबालिकाहरूमा रुघा खोकी, खाना अपच हुने, खानामा रुचि नहुने, शरीरमा पानीको मात्रा कमी र अभिभावक वर्गहरूमा उच्च (रक्तचाप, मानसिक तनाव लगायतका समस्या देखा परेको बताउनु भयो । यो सबै समस्या पत्रु खाना (जङ्क फुड) खानाको बढी प्रयोग, अव्यवस्थित खानपान र व्यस्त जीवनशैली प्रमुख कारण देखा परेको उहाँको भनाई छ । भने स्वास्थ्य रहनको लागी आफ्नो जीवनशैलीबाट पत्रु खानालाई हटाई हाम्रै खेतबारीमा फलेका र कृषि जन्य पौष्टिक खानेकुरा खाने बानीको विकास गरेमा यी-या वाद समस्याबाट बच्न सकिने उहाँको सुझाव छ ।

यसका साथै, निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको निम्ति सहकार्य गर्ने स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल प्रा.लि. धनगढी, सहिदगेट परिवारलाई धन्यवाद दिँदै माईलस्टोन ईङ्गलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक भुवन मल्लले आगामी दिनमा पनि यस्ता नागरिकको प्रत्यक्ष स्वास्थ्यमा सुधार ल्याउने कार्यक्र गर्ने र आम अभिभावक वर्गहरूमा डाक्टरहरूको सल्लाह बमोजिम बच्चाहरूलाई विद्यालय पठाउन चाउचाउ, बिस्कुट, चाउमिन र चकलेट जस्ता पत्रु खाना खुवाएर आकर्षित गर्नु भन्दा पनि फलफूल खुवाउने बानीको विकास गर्न आग्रह गर्नुभएको छ ।






You must be logged in to post a comment.