कैलाली : कैलालीको गोदावरी नगरपालिका भित्रका विद्यालयमा ५ दिनका लागि बिदा दिइएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै जेठ २९ गते देखि असार १ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाले एक सुचना जारी गर्दै गर्मीयाम लागेसंगै तापक्रम अत्याधिक वृद्धि भइ विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना भएकाले वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी गर्मी बिदा दिइएको उल्लेख छ।
सूचनामा दादुरा र रुवेला खोपका लागि निर्धारित कार्यक्रम भने यथावत रहने जनाइएको छ। तराइका जिल्लामा अत्याधिक गर्मी बढेपछि पछिल्लो समय विद्यालय धमाधम बन्द हुन थालेका छन्।