सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार बजेट ल्याउँदै

आर्थिक मामिला तथा योजनामन्त्रालय
प्रकाशित : :

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भोलि बजेट ल्याउँदै छ । भोली ४ बजे बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री नरेशबहादुर शाहीले आगामी आर्थिक बर्ष २०८०र०८१ के बजेट प्रस्तुत गर्ने भएका छन् । करिब ३० अर्ब हाराहारीको बजेट ल्याउन लागेको स्रोतको भनाइ छ ।

अघिल्लो वर्ष सरकारले रोकेको प्रदेश पूर्वाधार विकास कार्यक्रमको नाममा यस पटक प्रदेशसभा सदस्यहरुलाई तीन करोड बजेट उपलब्ध गराउने तयारी समेत भइरहेको छ ।

प्रत्यक्ष निर्वाचित सांसदहरूको क्षेत्र अनुसार उक्त रकम वितरण गर्ने सरकारको तयारी गरेको छ । सुदूरपश्चिम प्रदेशमा ३२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । ती क्षेत्रका लागि सरकारले ९६ करोड बजेट विनियोजन गर्ने तयारी गरेको छ ।

यस पटक सरकारले अघिल्लो पटकभन्दा सानो आकारमा बजेट ल्याउन लागेको हो । अघिल्लो वर्ष सरकारले चालू आर्थिक वर्षको ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट