बयालपाटा अस्पतालको सुविधा यथावत छ : मुख्यमन्त्री शाह

मुख्यमन्त्री शाह
प्रकाशित : :

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछामको बयालपाटा अस्पतालका लागि बजेट विनियोजन गरिएको स्पष्ट पारेका छन् । शनिबार बिहान कञ्चनपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बयालपाटा अस्पतालका लागि बजेट विनियोजन गरिएको स्पष्ट पारेका हुन् ।

शुक्रबार प्रदेशसभामा बजेट सार्वजनिक गर्दा केही कन्फ्युजन भएको बताउँदै उनले बयालपाटा अस्पतालका लागि अघिल्लो वर्ष प्रदेश सरकारले दिएको सुविधा यथावत् राख्ने बताए ।

अघिल्लो वर्ष बयालपाटा अस्पताललाई प्रदेश सरकारले ९ करोड बजेट विनियोजन गरेको थियो । उनको मुख्यमन्त्री शाहको भनाई अनुसार यो वर्ष पनि बयालपाटा अस्पतालका लागि ९ करोड बजेट छुट्याइएको छ । यस्तै उनले बयालपाटा अस्पतालको दिगो समाधानका लागि पनि एक महिनापछि छलफल गर्ने बताए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट