माैसमविद् भन्छन्, मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मी घट्ने देखिन्छ

मौसम पूर्वानुमान
सांकेतिक तस्बिर

देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा आजदेखि अत्यधिक गर्मी हुने सम्भावना घट्ने देखिएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यद्पि आगामी २४ घण्टासम्म गर्मी हुने सम्भावना यथावत् रहेकाे महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ । 

हाल नेपालकाे पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसमविद्ले बताएका छन् ।

हाल कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ । कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको सूचनामा उल्लेख छ । 

आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने महाशाखाले जनाएकाे छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार