विद्युत नियमित गर्नुपर्ने नेविसंघ कैलालीको माग

विद्युत नियमित गर्नुपर्ने नेविसंघ कैलालीको माग
प्रकाशित : :

धनगढी : विद्युत नियमित हुनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ कैलालीले नेपाल विद्युत प्राधिकरण धनगढी शाखालाई ज्ञापन पत्र बुझाएको छ ।

आज प्राधिकरणका निमित्त कार्यालय प्रमुख रोशन कुमार ठाकुरलाई सोमबार ज्ञापन पत्र बुझाएको हो । नेविसंघका अध्यक्ष मनिस कुँवरले विद्युत अनियमित हुँदा त्रिभुवन विश्वविद्यालयमातहात अध्यापन गरिरहेका विद्यार्थीहरूको परीक्षा प्रभावित भइरहेको बताए । उनले भने –‘त्रिविले परीक्षा मिति तय गरिसकेको छ । यस बेला घर भाडामा बसेका विद्यार्थीहरू परीक्षाका तयारीमा छन् तर, विद्युत वेला–वेला जाँदा समस्या भएको छ ।’

उनले विद्युत प्राधिकरणले ‘लोडसेडिङ’मुक्त घोषणा गरेको भए पनि धनगढीमा अझै लोडसेडिङ कायम रहेको बताए । उनले विद्युत नियमित नहुँदा चर्को गर्मीका कारण ज्येष्ठ नागरिक, बालबालिका प्रभावित भइरहँदा त्यसैमा विद्युत नहुँदा उनीहरू थप समस्यामा परेको बताए ।

निमित्त कार्यालय प्रमुख ठाकुरले विद्युतको आपूर्ति भन्दा बढी माग भइरहेकाले व्यवस्थापनमा समस्या देखिएको बताए । उनले लोडसेडिङ नभई विद्युतको प्रयोग बढ्दा ‘लोड’ पुर्‍याउन नसकिएको बताए । उनले विद्युत कार्यालय यो समस्या समाधान गर्न तर्फ लागिरहेको बताए ।

विद्युत नियमित गर्नुपर्ने नेविसंघ कैलालीको माग

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट