कैलालीमा दुई बालक तीन महिनादेखि बेपत्ता

कैलालीमा दुई बालक तीन महिनादेखि बेपत्ता
प्रकाशित : :

घोडाघोडी : कैलालीमा दुई बालक तीन महिनादेखि बेपत्ता भएका छन्। घोडाघोडी नगरपालिका–१, सुखडमा नौ कक्षामा अध्ययनरत दुई बालक एकै दिन बेपत्ता भएका हुन्। फागुन २५ गते सुखड बजारमा महोत्सव हेर्न गएका दुवै जना सोही दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ।

कोहलपुर पञ्चमुखी एकेडेमीमा कक्षा ९ मा अध्ययनरत सुशील बस्नेत र राष्ट्रिय माध्यमिक विद्यालय सुखडमा कक्षा ९ मा अध्ययनरत तपसिल जोशी साथी साथी हुन्। सुशीलका बुवा नवराज बस्नेतले दुवै जना महोत्सव हेर्न सुखड गए पनि साँझ घर नफर्केको बताउनुभयो।

बस्नेतले फागुन २७ गते इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिए पनि अहिलेसम्म कुनै अत्तोपत्तो नपाइएको बताउनुभयो। सुशीलको आमा सुनिता बस्नेतले जहाँ जाँदा पनि छोरा आफैँसँग जाने गरेको बताउनुभयो।

घोडाघोडी नगरपालिकाका–१, सुखडका धनराज जोशीका दुई छोरामध्ये तपसिल जेठा छोरा हुन् भने नवराज बस्नेतका तीन छोरामध्ये सुशील माइला छोरा हुन्।   – गोरखापत्र

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट