धनगढीमा ४२८ जना घर धनीलाई सम्मान, मुख्य सडक शिलान्यास

धनगढीमा ४२८ जना घर धनीलाई सम्मान, मुख्य सडक शिलान्यास
प्रकाशित : :

धनगढी : कैलालीको धनगढीमा मुख्य सडक निर्माणका लागि शिलान्यास गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आज कैलाली पुलदेखि क्याम्पस चोक सडकको शिलान्यास गरेका हुन्।

प्रदेश सरकारले कैलाली पुलदेखि क्याम्पस चोक सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा बैशाख २७ गते २४ महिनाभित्र काम सक्ने गरि ठेक्का सम्झौता गरेको छ। २ किलोमिटर ३ सय मिटर लम्बाईको मुख्य सडक ३० मिटर चौडा बन्नेछ। कैलाली पुल–क्याम्पस चोक सडक निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्री देउवाले उद्घाटन गरेका हुन्।

यस्तै धनगढी उप-महानगरपालिकाले ४२८ जना घर धनीलाई सम्मान समेत गरेको छ। मुख्य सडक विस्तार गर्न आफ्नो घर आफैं भत्काउने घर धनीलाई उपमहानगरले सम्मान गरेको हो।

आफ्नो घर आफै भत्काएर उपमहानगरलाई सडक निर्माण गर्न सहयोग गर्ने घर धनीलाई सम्मान गर्न पाउँदा निकै उत्साहित भएको नगरप्रमुख गोपाल हमालले बताए। अहिले धनगढीको रुवस होटलमा घरधनीलाई सम्मान गर्ने कार्यक्रम चलिरहेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट