काठमाडौं : विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’ विश्वव्यापी रिलिज हुने पक्का भएको छ। यस फिल्मलाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले विश्वव्यापी रुपमा प्रदर्शन गर्नेछ।
सोमवार काठमाडौंमा निर्माण कम्पनी टुकी आर्टस र सेभेन सिजका प्रतिनिधिबिच सम्झौता भएको हो। निर्माण टिमले अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठूलो हुने दाबी गरेको छ।
सेभेन सिजले अमेरिकाका नेश्नल चेनहरु रेगेन सिनेमा, रिडिङ सिनेमा, सिने पोलिस लगायतका सिनेमाहलमा करिब १ हजारदेखि १ हजार २०० वटा शोसहित प्रदर्शन गर्ने जनएको छ। त्यसैगरि, क्यानडामा ५० शो, बेलायतका विभिन्न हलहरुमा ५ सय शो, अष्ट्रेलियामा ५ सय शो, मध्यपूर्वका विभिन्न देशहरुमा ७५० शो हुनेछ।
जापानमा १०० शो, यूरोपका विभिन्न देशहरुमा ५० शो प्रदर्शन हुनेछ। भारत, कोरिया, मलेसिया, हङ्कङसहित नेपालमा यो फिल्म आगामी दशैंको फूलपातीको अवसरमा कात्तिक ४ गते रिलिज हुनेछ।
दीपेन्द्र के खनाल निर्देशित यस फिल्ममा खगेन्द्र लामिछाने फिल्मको निर्माता तथा लेखकका रुपमा रहेका छन्। फिल्ममा विपीनका साथै स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, वर्षा शिवाकोटी, रवीन्द्रसिंह बानियाँ, मिश्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय छ।







You must be logged in to post a comment.