काठमाडौं : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कवितात्मक शैलीमा बिकाऊ नहुन आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जालमा एक कविता लेख्दै बालेनले हामी जति बिकाउ भए पनि आत्माले आफूलाई नबेच्ने कुरा उल्लेख गरेका हुन् ।
उनले इतिहास लेख्ने तर गल्ती नमेट्ने बताएका छन् । उनी लेख्छन्,‘ एकदिन हातले मनको कुरा लेख्दैन, इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन ।’
- यस्तो छ उनको कविता:
हामी मनुष्यलाई एकदिन मर्नुपर्छ,
कसैलाई याद हुँदैन,
दैनिक याद हुनु राम्रो कुरा पनि हैन
तर बिर्सिनु पनि त सही छैन
एकदिन यो पाऊले धर्ती टेक्दैन,
एकदिन यो शरीरले हुरी छेक्दैन,
एकदिन यो आँखाले संसार देख्दैन,
एकदिन हातले मनको कुरा लेख्दैन,
इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन,
एकदिन,
हामी जति बिकाऊ भए पनि,
आत्माले आफू बेच्दैन।।







You must be logged in to post a comment.