धनगढी : ‘ओन लाएन, ओन ट्रि क्याम्पेन’ अन्तरगत धनगढीको पञ्चोदय मा.वि. परिसरमा वृक्षारोपण गरिएको छ ।
सोमबार लायन्स क्लब धनगढी ग्रिन सिटी, लायन्स क्लब धनगढी हेल्थ एण्ड मेडिको र लायन्स क्लब धनगढी आस्थाको संयुक्त आयोजनामा उक्त वृक्षारोपण कार्यक्रम गरिएको हो ।

धनगढी उप-महानगरपालिका वडा नं. ५ मा अवस्थित पञ्चोदय मा.वि. परिसरमा विभिन्न प्रकारका जडीबुटीका बिरुवा रोपिएको क्लबले जानाएकाे छ । भने सोही दिन क्लबले शिवपुरी धाममा वृक्षारोपण गरेको थियो ।

यस अघि पनि लायन्स क्लब धनगढीले विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । भने आगामी दिनहरुमा पनि थप रचनात्मक कार्यहरु गर्दै भावी दिनहरूमा प्राकृतिक विपत्ति न्युनिकरणलाई पनि मध्यनजर गर्दै पर्यावरणमैत्री अभियानलाई थप उजागर गर्दै अघि बढ्नु पर्ने लाएन क्लब अफ हेल्थ एण्ड मेडिकोका अध्यक्ष लाएन कुबेर बहादुर शाहीले बताए ।






You must be logged in to post a comment.