क्रान्तिकारी कम्युनिस्ट पार्टीको कैलाली संयोजकमा अनमोल

Parkash Rawal
प्रकाशित : :

धनगढी : नेकपा (बहुमत) र नेकपा(क्रान्तिकारी माओवादी) बीच पार्टी एकता अधिबेशन प्रशिक्षण तथा बैठक सम्पन्न गरी बैठकले प्रकाश रावल (अनमोल) को संयोजकत्वमा ८३ सदस्यीय जिल्ला संगठन समिति निर्वाचित गरेको छ ।

समितिको सहसंयोजकमा विन्तीराम चौधरी रहनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईञ्चार्ज गुणराज लोहनी (प्रविर) ले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अबको विकल्पमा नयाँ जनवादी बैज्ञानिक समाजवादी ब्यवस्था आवश्यक रहेको बताए ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक महानले पार्टी एकताका कामहरु सम्पन्न गरेर पार्टीले वर्गसंघर्ष गर्ने तयारी गरेको बताउनु भयो । त्यस्तै अर्का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक डाईमन्डले सम्पूर्ण उत्पीडित तथा श्रमजीविहरु लाई दृढताका साथ क्रान्तिकारी कित्तामा उभिन आव्हान गर्नु भयो ।

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य संघर्ष र सिखरले बोल्नु भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य रुद्र, टंक, देवीराम लगायतको उपस्थिति रहेको थियो । तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतालाई जिल्ला स्तरमा एकता अधिवशेन मार्फत पूर्णता दिइएको हो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट