बैतडीको पुर्चौडी स्थित भैरु टोलमा पहिरोले घर पुरिदा दुई जनाको ज्यान गयो

मृत्यु
प्रकाशित : :

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकामा पहिरोले घर पुरिदा दुई जनाको ज्यान गएको छ । नगरपालिकाको २ को भैरु टोलमा घर पुरिदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन जागरीको मृत्यु भएको हो । 

मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । सोही घरमा पाहुना बस्न आएकी    छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण करिब एक दर्जन चौपाया समेत मरेका छन् भने घरमा पूर्ण क्षति पुगेको छ । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट