देशभर मनसुनी वायुको प्रभाव, मेघ गर्जन सहित भारी वर्षा हुने

अचानक धनगढीमा हावाहुरी सचेत रहन आग्रह
प्रकाशित : :

धनगढी : मनसुनी वायुको प्रभाव रहेकाले आज देशका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

जसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ। अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानहरू मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि देशभर सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। जसले गर्दा पहिरो जाने, नदी बाढी आउने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट