नागरिक उन्मुक्ति र सद्भावना पार्टी बीच एकीकरण हुने

नागरिक उन्मुक्ति र सद्भावना पार्टी बीच एकीकरण हुने
प्रकाशित : :

काठमाडौँ : रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी र रामकुमार महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीबीच आइतबार एकीकरण हुने भएको छ। भोलि जनकपुरमा एक कार्यक्रमको आयोजना गरी दुवै पार्टीबीच एकीकरण हुन गइरहेको नेपाल सद्भावन पार्टीका अध्यक्ष रामकुमार महतोले बताए।

केही दिनदेखि दुई पार्टीको बीचमा पार्टी एकीकरणको विषयमा छलफल चलिरहेको थियो । दुई पक्षबीच सहमति भएपछि एकीकरणको घोषणा गर्न लागिएको उनको भनाई छ । अर्को महाधिवेशनसम्म नागरिक उन्मुक्ति पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, विधानलाई स्वीकार गरेर सद्भावना पार्टीले एकीकरण गर्न लागेको हो।

एक वर्षपछि एकताको महाधिवेशन गर्ने र त्यसमा छलफल गरेर नाम र पार्टीको झण्डालगायतको विषय टुङ्गो लगाउने दुई पक्षको बीचमा सहमति भएको छ। नेपाल सद्भावना पार्टीले तत्काल उपाध्यक्ष, सचिव, सहसचिव एक/एक जना र २१ जना केन्द्रीय सदस्य पाउने छ ।

सद्भावना पार्टीले मधेश प्रदेशको अध्यक्ष पनि पाएको छ भने लुम्बिनी र कोशी प्रदेशमा आपसी सहमतिमा समायोजन गरी प्रदेश समिति बनाउने सहमति भएको बताइएको छ । सद्भावना पार्टीले धनुषा र महोत्तरीको जिल्ला अध्यक्ष पनि पाएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट