विपद्जन्य घटनामा नेपाली सेना सक्रिय

विपद्जन्य घटनामा नेपाली सेना सक्रिय
प्रकाशित : :

धनगढी : सुदूरपश्चिम प्रदेशमा भइरहेको वर्षापछि आएको बाढी र डुबानमा जनधनको क्षति न्यूनीकरणका लागि नेपाली सेनाले सक्रियता बढाएको छ । सुदूरपश्चिम पृतनाअन्तर्गत तैनाथ गण तथा गुल्मले कैलाली र कञ्चनपुर लगायतका जिल्लामा डुबान क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्नेदेखि वर्षाका कारण भत्किएका सडक र पूर्वाधार निर्माण एवं मर्मतमा गति दिएको सेनाले जनाएको छ ।

सेनाले दिएको जानकारीअनुसार पृतना कमाण्डबाट खटिएको सैनिक अधिकृतको टोलीले कैलालीको मोहना, कान्द्रा काँडा र पथरिया नदीमा आएको बाढीले भजनी नगरपालिका–८ सुनफाँटा गाउँमा भएको डुबानबाट बुधवार ३५ जनालाई सुरक्षित स्थानमा सारेको छ ।

सो क्षेत्रमा नागरिकको सुरक्षित स्थानमा सार्नका लागि कैलालीको बढैपुरस्थित कालीरक्षा गण (ई) बाट सेनानीले वीरेन्द्र रावतको नेतृत्वमा टोली परिचालन भएको सेनाले जनाएको छ । सो क्रममा भजनी नगरपालिकासितको सहकार्यमा सेनाको टोलीले स्थानीयलाई दैनिक उपभोग्य सामग्री समेत वितरण गरिएको छ । उक्त क्षेत्रमा १५० घरधुरी डुबानबाट प्रभावित भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाली सेनाको श्रीदल गुल्म गुल्म भगतपुर ब्यारेकबाट खटिएको सैनिक टोलीले भीमदत्त नगरपालिकामा वर्षाका कारण स्थानीय टंकप्रसाद भट्टको घर डुबानमा परेकाले घरबाट ५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ । 

सेनाले कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी धाममा स्थानीय खोला फटेर धाम क्षेत्रमा पुर्‍याएको क्षतिग्रस्त क्षेत्रमा सम्बन्धित निकायको आग्रहमा मर्मतसम्भार समेत थालिएको छ । सो कार्यका लागि यहाँको सर्वेश्वर गण र गुरुबक्स गुल्मको टोली परिचालित भएको छ ।

डुबानग्रस्त टीकापुर नगरपालिका–६ भर्तापुरमा समेत स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तर गरिरहेको सेनाले जनाएको छ । यहाँ बाढी र डुबानग्रस्त क्षेत्रमा नागरिकको जिउधनको सुरक्षा एवं क्षति न्यूनीकरणका लागि सेना सक्रिय रहेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट