चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिउँसो चितवन आएका छन् । विशुद्ध पारिवारिक भ्रमणका लागि भन्दैं गृहजिल्ला चितवन आएका प्रधानमन्त्री प्रचण्ड भरतपुर महानगरपालिका वडा नं. १४ मा रहेको आफ्नै निवासमा बसेका छन् ।
श्रीमती सीता दाहालको निधन भएपछि उनी पहिलोपटक चितवन आएर आफ्नै निवासमा बास बसेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले अनुसार प्रधानमन्त्री प्रचण्ड पारिवारिक भ्रमणका लागि चितवन आएको र त्यस्तो अहिलेसम्म औचापरिक कार्यक्रम बारेमा कुनै जानकारी नआएको बताए ।
तर, प्रधानमन्त्री प्रचण्ड भरतपुर महानगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसर आयोजित एक कार्यक्रमलाई समापन गर्न सहभागी हुने कार्यक्रम तय भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. २२ पटिहानीमा रहेको कभर्ड हलमा बिहान ७ बजे हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने भएका छन् ।