काठमाडौँ महानगरले शुक्रबार शोक बिदा दिने

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन
प्रकाशित : :

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिने भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा भोलि महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइने भएको हो।

अध्यक्ष रिजालको आज बिहीबार बिहान निधन भएको थियो । रिजालको निमोनियाका कारण बिहान साढे ७ बजे निधन भएको ग्रान्डी अस्पतालले जनाएको छ ।

वडाध्यक्ष रिजाललाई उपचारका लागि गएको १७ गते ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद बिजुक्छेका अनुसार उनको दुवै फोक्सोमा सिभियर निमोनिया अर्थात् (भाइरल निमोनिया) का कारण उनको निधन भएको हो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट