कमाउन भारत गएका भाइको लास बुझ्न विजयापुरा पुगेका दाइ एक महिना देखी बेपत्ता

३४ वर्षीय रोशन बहादुर अधिकारी पनि ३० दिन देखी बेपत्ता छन् ।  
३४ वर्षीय रोशन बहादुर अधिकारी
प्रकाशित : :

धनगढी : अहिले तपाई हामी नेपाली हरूको नियति नै विदेश भासिनु पर्ने भई सकेको छ । तर खै एक अबोध युवा अथवा युवती जसलाई काम गर्नु छ । आफ्नै देश परिवार सँग रमाउनु छ । जसलाई आफ्नो भविष्य यस्तो बनाउन पाए हुन्थ्यो परिवार यसरी पाल्न पाए हुने थियो भनेर चिन्ता हुन्छ, हुन थालेको छ । उसले नेपालमा कुनै सम्भावना पाउँदैन, देख्दैन र यहाँ गर्न खोजे पनि खै समाज हाम्रो परिवेशले उपलाई थिचेर थकाउने मात्रै हैन धपाउँछ (लखेट्छ) कि उसले लगानी, मिहेनत गर्न होस् या पसिना बगाउन पनि नेपाल बाहेक अन्य कुनै दोस्रो, तेस्रो मुलुक धाउनु पर्छ र तपाई हामी जस्तै घर परिवार, समाज देशको माया हुँदा-हुँदै, यही केही गर्छु नि भनी गुहार लगाउँदा लाउँदै  पनि बिदेसिन बाध्य हुन्छ । तर उ स्वयम लाई पनि थाहा हुन्न त्यहाँ कसरी काम गराउलान्, व्यवहार कस्तो गर्लान्, कसलाई विश्वास गर्ने नगर्ने कुनै कुरा पक्का-पक्की हुँदैन, र पनि पसिना र रगत सँग सुख किन्ने प्रयास गर्छ । 

कसैलै आफू अनुकूल काम, साथी समूह पाउँछन्, कमाउन थाल्छन् त कोही सकुशल फर्किन्छन् र कसैलाई त विदेशमै बस्न ठिक लाग्छ । स्वदेश फर्किन्छन् काम गर्न गएका युवा भन्दा ‘सकुशल या बाकसमा’ सोच्नु भयो !  हेर्नुस्, त हाम्रो देश र हामी नेपालीको कस्तो विडम्बना मा पुगेका छौँ अरूको देश विकास गरेर आफ्ना केही छाक र आशा टार्नु परेको छ । 

यही अनेकौँ भविष्य सजाउने योजना परिस्थितिले पिरोलिँदै थिए धनगढी २ का वर्ष २३ का मनिष अधिकारी, उनी ४१ दिन पहिले (साउन २४ गते) त्रिनगर भन्सार (गौरीफण्टा) नाका बाट एक्लै भारत भासिएका थिए । उनी साथीहरू सँगै बसेर काम गर्ने भनी भारतको करनाटक राज्यको विजयापुरा भन्ने ठाउँको होटेल शाही ग्राण्ड पियर भेज नामक होटेलमा (साउन २६ गते) पुगेर बसेका थिए त्यही काम गर्ने दुई जना साथी(दाइ) सँग । उनले पनि त्यही काम गर्ने अथवा अर्को काम खोज्ने कुरा चलिरहेको थियो । तर अचानक (साउन ३१ गते) साँझ मोटरसाइकल दुर्घटना परी मृत्यु भयो भनी उनका माइला दाजु किसन अधिकारीको मोबाइलमा फोन आयो कि कान्छो भाइ मनिषको मोटरसाइकल पोलमा ठोक्किन गई घटना स्थलमै उनले मृत्युवरण गर्नु पर्‍यो अरे । उनलाई फोनमा सुन्दा के-सुने, के-भन्यो ठम्याउन, मान्न निकै समय लाग्यो । 

असामयिक निधन भोग्नु परेका मनिषले, न आमा-बाबा भन्न पाए नत दाजु-भाइलाई नै पुकार्न पाए । खै कुन्नि के भएको थियो जसले जे सुनायो त्यही साँचो होला भनेर विश्वास गर्नु बाहेक उनको परिवार सँग केही विकल्प रहेन । 

मनिशको सपना कमाएर घर परिवार सँग बस्छु दाजु लाई पैसा पठाउँछु त्यो सबै योजना कहाँ विलय भयो-भयो ? जन्म, मृत्यु आफ्नो हातमा हुँदैन भन्छन्, तथापि सायद काम गर्नको लागी त्यहाँ पुग्नु नै नपरेको भए ? बिदेसिनु मात्रै भविष्य देखिने स्थिति नभएको भए, मनिशले अनि तपाई हामी सबैले स्वदेशमै सहजै केही गर्न सक्ने वातावरण भएको भए ? त्यसरी ज्यान गुमाउनु पर्ने थिए न कि भन्ने लगायतका अनेक प्रश्न खेल्दा रहेछन्, प्रश्न अनेक छन् तर उत्तर मात्र पिडा ? 

अधिकारी तिन दाजुभाइ मध्येका कान्छा थिए मनिश, अधिकारी परिवारले कान्छो (साहस भरिएको आस) त गुमायो-गुमायो लास बुझेर अन्तिम दाग बत्ती दिन नपाउँदै भाइको शव बुझ्न त्यहाँ पुगेका घरको जेठो छोरा ३४ वर्षीय रोशन बहादुर अधिकारी पनि ३० दिन देखी बेपत्ता छन् ।  

भाइको मृत्युको खबरले विच्छित्ति भएका जेठो दाइ रोशन ब. अधिकारी र उनका नजिकका भाइ ३२ वर्षीय सन्तोष गुरुङ घटना स्थलमा जानको निम्ति साउन ३२ गते साँझ त्रिनगर नाका बाट निस्किए । बसको यात्रा गर्दै दिल्ली त्यहाँ बाट हवाईजहाजको यात्रा गरी १ गते राती विजयापुराको होटेल ललिता महलको कोठा नं. ३३१ मा बास बसे उनीहरू बिहानको पर्खाइमा थिए कति बेला भाइको शव राखेको अस्पताल सरकारी जिल्ला अस्पतालमा पुगौँला भनेर पर्खिँदा पर्खिँदै उनीहरू २ गते अर्थात् अगस्ट १९ तारिखका दिन अस्पताल पुगे शवको सनाखत गरे तर त्यहाँका कर्मचारीहरूले उनीहरूलाई शव दिन मानेन र उनीहरू पुनः होटेल फर्किए अहिले सम्म घरको सम्पर्कमै थिए दुवै जना  तब सम्म २ गते बिहानै मृतकका माइला दाइ किसन, आमा बुवा सहित ५ जना पनि गाडी बुक गरेर विजया पुराका  लागि निस्की सकेका थिए । 

बाटो बाट होटेलमा बसेकाहरू सँग पनि सोध पुछ भइरहेको थियो २ गते साँझ अन्दाजी ८ बजे ३० मिनेट जाँदा रोशन र सन्तोष होटेलमै रहेको पक्का गरी अधिकारी परिवारका ५ जना यात्रामै थिए । उनीहरू लगातारको २१ घण्टाको ट्याक्सीको यात्रा मा ३ गते(अगस्ट २०) साँझ ४ बजे त्यहाँ स्थित अस्पताल पुगे पाँचै जना ।  तर रोशन र सन्तोष सँगको फोन सम्पर्क भने टुटी सकेको थियो । उनीहरूको फोन स्विच अफ  आइरहेको थियो । अधिकारी परिवार त्यतिन्जेल भने बिरानो ठाउँमा मोबाइल चार्ज गर्न बिर्सिए होलान् भनेर मन बुझाउँदै अस्पताल पुगे ।

फोन सम्पर्क हुने कुनै स्थिति नदेखिए पछि उनीहरूले मनिष बसेको होटेलमा काम गर्ने (साथी दाइ) अन्दाजी २६ वर्षीय पृतम गुरुङ र शाही ग्राण्ड पियर भेज होटेलका सञ्चालक सहित मनिषको सब बुझेर दाह संस्कार गर्न गए । उनीहरूले अस्पतालको सब घरबाट १० देखी १५ मिनेटको दुरीमा रहेको घाटमा दाहसंस्कार गरे । रोशन र सन्तोषलाई फोन गरिरहे तर मोबाइल पनि कहाँ परेको बेला साथ दिन्छन् र स्विच अफ (आपके द्वारा डायल कियागया नम्बर अभि बन्द है), सम्पर्क हुन सकेन भन्ने बाहेक केही थिएन । त्यसैमा अधिकारी परिवारको एउटा आस पञ्च तत्त्वमा परिणत भयो । 

त्यही शोकमा परिवारका सबै जना दुर्घटना स्थलमा पुगे त्यहाँ घटना स्थलमा धूप बत्ती बाले र घटना स्थल हेर्दा पोलमा ठोकिएको खबर आएको भएपनि त्यहाँ आसपासमा कुनै पोल, सडक डिभाइडर समेत केही थिएन । 

यसै क्रममा उनीहरू घरको जेठो छोरो र उनी सँगै गएका सन्तोषलाई खोज्नु पर्ने दुःख सहितको दबाबमा थिए र लागे अर्को आशा तिर, पूर्व जानकारी अनुसार उनीहरू बसेको होटेल ललित महलको ३३१ नं. कोठामा त पुगे तर त्यहाँ सन्तोष मात्रै भेटिए रोशन कहाँ छन्  सन्तोष लाई पनि थाह छैन । उनलाई सोध्दा दाइ कहाँ जानुभयो भन्दा घरी घर जानुभयो त घरी पहिलेको काम गर्ने ठाउँमा जानुभयो भन्ने जवाफ दिँदै थिए । सन्तोष मदिरा पिएर सुतेका थिए । जबकि रोशन सँग बिना सिम कार्ड सहितको फोन मात्रै र सन्तोष सँग सिम कार्ड सहितको फोन पैसा थियो । 

समय बित्दै थियो उत्तिकै पिडा, शङ्का र डर पनिले पनि अधिकारी परिवारलाई सताई रहेको थियो जो महसुस गर्न सकिन्छ । भाइको शव बुझ्न गएका दाइ नै कहाँ गए भन्ने अत्तो-पत्तो नलागे पछि कसलाई पो डर, पिडा हुँदैन र ? 

त्यही डर पिडाका बाबजुद पनि सम्भावित ठाउँहरू, बसर्पाक, सरकारी अस्पताल, पार्क, प्रहरी चौकी र त्यहाँको सरकारी जिल्ला अस्पतालको इमरजेन्सी, जनरत वार्ड, शव गृह सबै ठाउँमा खोजी सके पछि भाग्य सँग हारेको अधिकारी परिवार सँग घर फर्किनु बाहेक विकल्प थिएन र ४ गते (अगस्ट २१, २०२३) दिउँसो घर फर्किए । घर फर्किएर कान्छोको काज क्रिया गरिरहेको अधिकारी परिवार जेठो फर्किने आशामै भगवान् भाकी बसी रहेको छ । आफ्ना चिने जानेका सबै आफन्त साथी भाइलाई खोजी दिन र खोज्ने तरिका सुझाव मागिरहेछ । आशामै पर्खी रहेका छन् । 

घरबाट निस्किँदा रोशन बहादुर अधिकारीले हल्का निलो कालो जिन्स पाइन्ट, खेरौँ जुत्ता र कालो टी सर्ट लगाए र दारी पुरै काटेका थिए । तर अहिले नि कहाँ छन्, कस्तो अवस्थामा के गर्दै छन् कसैलाई थाहा छैन । बस छत केबल सकुशल घर फर्किउन भन्ने आस…

त्यसैले कहीँ कसैले देखेमा थाहा पाएमा गोरो वर्ण भएको उल्लेखित व्यक्तिलाई सम्पर्कमा ल्याउन सहयोग गरी दिनुहुन र कहीँ कसैले थाहा पाएमा नजिकको प्रहरी कार्यालय अथवा मोबाइल, ह्वाट्सप नम्बर: +977-9814682020  मा सम्पर्क गर्न अधिकारी परिवारले आग्रह गरेका छन् ।

अन्त्यमा : हाम्रो पनि आग्रह तपाईँले पढ्नुभयो कृपया मानवीयताका लागि जे सकिन्छ गरिदिनुस् । तपाईँको एउटा शेयर पनि ठुलो सहयोग र पहल हुने छ । धन्यवाद ।

(मृतक मनिषका माइला दाइ किसन अधिकारी सँगको कुराकानीमा आधारित)

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट