धनगढी : महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपाललाईं सेमिफाइनलसम्म पुर्याउँन महत्वपूर्ण योगदान दिएका तीन महिला क्रिकेटरलाई गृहनगर धनगढी क्रिकेट एकेडेमी(डीसीए)ले सम्मानित गरेको छ ।
नेपाली टोलीमा रहेका धनगढीका कविता कुँवर, इश्वरी विष्ट र रुवि पौदारलाई डीसीएले बिहीबार सम्मान गरेको हो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा ग्रेस इन्टरनेसनलका निर्देशक अन्ड्रु पौडेलले तीनैजनालाईं सम्मानपत्र र मायाँको चिनोसहित सम्मान गरे ।
सम्मानग्रहण गरेपछि कविताले ग्रासरुट क्रिकेटको विकासमा डीसिएको महत्वपूर्ण योगदान रहेको र लामो समयदेखि यहाँको क्रिकेट विकासमा भूमिका खेलेको संस्थाबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताइन् ।
सम्मान गर्दै अन्ड्रुले राष्ट्रिय खेलाडीहरु देशको गहना भएको र सम्मानको अवसर दिएकोमा डीसिएलाई धन्यवाद ज्ञापन गरे ।
गत हप्ता भएको प्रतियोगितामा थाईल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।
डीसीएले अन्तर्राष्ट्रिय खेलाडीहरुलाईं शतप्रतिशत निशुल्क प्रशिक्षणको व्यवस्था मिलाउँदै आएको छ । साथै सबै महिला खेलाडीहरु निशुल्क प्रशिक्षणको व्यवस्था छ । लगत्तै डीसिएले महिला खेलाडीको विकासका लागि प्रिसेस कप क्रिकेटको पनि आयोजना गर्दछ । डीसीएमा आधा दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीहरु प्रशिक्षणरत् छन् ।
सम्मान कार्यक्रममा डीसिएका प्रशिक्षक राजु रिजाल, प्रबन्धक समुयल न्यौपानले लगायतको उपस्थिति थियो ।