मलाई फर्किन मन छैन, म नै बाँचुम भनेर,
मलाई फर्किन मन छैन ,म नै हाँसुम भनेर,
मलाई फर्किन मन छैन, म नै सुखी हुँ भनेर,
बरु मलाई फर्किन मन छ, कोहि बाँच्दा बाँच्नुको आधार बन्न सकुँ।
मलाई फर्किन मन छ, कोहि हाँस्दा हाँसोको कारण बन्न सकुँ।
मलाई फर्किन मन छ, कसैको दुखमा दुखको मलम बन्न सकुँ।।
म चाहान्छु; म फर्किदा कसैको जीवन फर्कियोस,
म चाहन्छु; म फर्किदा कसैको रहर फर्कियोस।।।
म चाहान्छु; म फर्किदा कसैको मुहार फर्कियोस।।
त्यसैले साथी मलाई फर्किन मन छ, आफ्नै धरातलमा;
जहाँ कयौं यादहरु छुटेका छन।
जहाँ कयौं खुसीहरु छुटेका छन।।
जहाँ कयौं रहरहरु छुटेका छन।
हो त्यही धर्तीलाई चुम्न मन छ।
मेरी आमाको मुहारमा खुसीका उज्याला रंगहरु थप्न मन छ।
मेरा बाको साथमा सदैव आड बनेर बस्न मन छ।
त्यसैले मलाई छिट्टै फर्किन मन छ आफ्नै अाँगनमा;
जहाँ कयौं सपनाहरू देख्न सिकेको थिए ।
जहाँ कयौंका कथाहरु लेख्न सिकेको थिए
जहाँ कयौंका पिर व्यथाहरु देखेको थिए।।
त्यसैले मलाई फर्किन मन छ आफ्नै मातृभूमि;
छाती चिरेर देखाउन मन छ सारा दुनियाँलाई
आफ्नो देश र परिवार प्रतिको मायाँ।।
र सारा दुनियाँलाई सिकाउन मन छ
“जननी जन्मभूमिश्च स्वर्गात अपि गरीयसी”।।
कवि: भावुक जनक