धनगढीको सेती प्रादेशिक अस्पताल भित्रै नालीको पानी, सडकमा पनि हिलो र पानी-पानी

धनगढीको सेती प्रादेशिक अस्पताल भित्रै नालीको पानी, सडकमा पनि हिलो र पानी-पानी
सेती प्रादेशिक अस्पताल भित्रै नालीको पानी
प्रकाशित : :

धनगढी । कैलालीको सेती प्रादेशिक अस्पताल जलमग्न भएको छ ।

गएराति परेको अविरल वर्षाका कारण अस्पतालमा बिरामी भर्ना गरिएका कक्षहरूमा पानी भरिएको हाे ।

अस्पताल जलमग्न हुँदा बिरामीलाई समस्या परेको छ ।

अस्पतालका प्रसूति बार्ड, अप्रेसन बार्ड लगायतमा पानी भरिएको छ ।

यसैगरी नेपाल टेलिकमको धनगढी कार्यालय परिसर भित्र पनि पानी भरीएको छ ।

उचित ढल निकास नहुँदा पार्क मोडदेखी कैलाली पुल सम्मको सडक जलमग्न भएको छ । सडकमा पानी भरिएपछि आवत जावतमा समस्या भएको छ । धनगढीका अधिकांश स्थान जलमग्न भएका छन् । गए रातिदेखि सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

पशु अस्पताल परिसर पार्कमोड

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट