काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बसेको छ। क्यानको पहिलो बैठकले प्रतिष्ठित मानिएको नेपाल प्रिमियर लिग आफै सञ्चालन गर्ने देखी अन्य घरेलु फ्रेन्चाइज लिगलाई सर्त सहित अनुमति दिने निर्णय सम्म लिएको छ।
असोज पहिलो साता भएको साधारणसभाबाट चुनिएको कार्यसमितिको पहिलो बैठकले २०२४ को मार्च-अप्रिलमा एनपीएल आयोजना गर्ने गरी आवश्यक तयारी अगाडि बढाउने निर्णय गरेको छ।
साथै बैठकले अन्य फ्रेन्चाइज लिगलाई भने विदेशी खेलाडी विना घरेलु लिगका रुपमा मात्र सञ्चालनको अनुमति प्रदान गर्ने निर्णय गरेको छ। विदेशी खेलाडी सहितको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्रस्तावको सम्बन्धमा भने क्यानले एनपिएल आयोजना पछि बस्ने बोर्ड बैठकले मात्र निर्णय जनाएको छ।
त्यस्तै क्यानको बैठकले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा सञ्चालन गर्ने निर्णय गर्दै सात प्रदेश र तीन विभागीय गरी १० टोली सहभागिता रहने प्रतियोगिताको सेमिफाइनल खेल दुईदिवसीय र फाइनल खेल तीनदिवसीय ढाँचामा सञ्चालन गर्ने निर्णय गरेको छ।
यस्तो छ क्यान कार्यसमिति बैठकले गरेका विभिन्न १० बुँदे निर्णय :








You must be logged in to post a comment.