धनगढी : खर्च घटाउन सरकारले सरकारी गाडी सञ्चालनमा यसअघि नै कडाइ गरेको थियो। तर सार्वजनिक बिदाको दिन सरकारी गाडी सञ्चालन गर्न अनुमति लिनुपर्ने प्रावधान छ।
सरकारी काम बाहेक शनिबारको दिन सरकारी सवारी साधन चलाउन नपाइने नियमको सरोकारवालाले नै उल्लंघन गरेका छन्।
अति आवश्यक कामका लागि प्रशासन कार्यालयको अनुमतिले मात्र सरकारी कामका लागि सञ्चालन गर्न पाउने व्यवस्थाविपरीत कार्य हुने गरेको छ। तर शनिबार कैलालीको धनगढीबाट मात्र चारवटा सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी युवा संगठन नेपाल, कैलालीले मात्र आज बिदाको दिन अछाम जिल्ला खानेपानी कार्यालय र पहलमानपुर डिभिजन बन कार्यालयको गाडी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लम्की कैलाली लाई हस्तान्तरण गरेको छ। जिल्लाका विभिन्न स्थानबाट गरी ८ वटा सरकारी गाडी नियन्त्रणमा लिएको उक्त पार्टी कार्यालय कैलालीले जनाएको छ।