बैतडी: एक जना प्रमुख प्रशासकीय अधिकृतलाई तीन पालिकाको जिम्मेवारी दिइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौँले बैतडीका तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न अह्राएको हो ।
प्रशासन समूह ७ औँ तहका शाखा अधिकृत रघुनाथ अवस्थी जो सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहेका थिए । अहिले उनलाई थप डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पनि जिम्मेवारी दिइएको छ ।
![](https://sodhpatra.com/wp-content/uploads/2023/10/image-17-533x1080.png)
![](https://sodhpatra.com/wp-content/uploads/2023/10/image-18-738x1080.png)