धनगढी : धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ । धनगढीकाे शहीदगेट नजिकैकाे एक हाेटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्द,बाजुराकाे गाैमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण राेकाया बुढिगंगा नगरपालिका- १० बस्ने ३० वर्षीय हेमराज जाेशी रहेकाे वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।
उनकाअनुसार उनीहरूकाे साथबाट प्लाष्टिकसहित ६ किलाे ७९५ ग्राम चरेश र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको छ ।
लागुऔषध नियन्त्रण शाखा महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह ( आरआइटी) शाखा संघीय प्रहरी कार्यालय महेन्द्रनगर , जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको सादा पाेशाखकाे टाेलीले संयुक्त रूपमा अप्रेशन गरेकाे हाे ।
साे क्रममा मुख्यमन्त्री कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार चन्द पनि हाेटलकाे काेठामा उनीहरूसँगै भेटिएका थिए ।
तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।