सकियो दसैँ बिदा, टीका लगाउने क्रम भने अझै जारी

गृह मन्त्रालय
प्रकाशित : :

काठमाडौं : बडादशैंको बिदा आजबाट सकिएको छ। बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन्।

सरकारले कात्तिक ४ गते फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो। तर केही विद्यालयहरूले भने शुक्रबार समेत बिदा दिएर आइतबारबाट खाेल्ने गरी व्यवस्था मिलाएका छन्।

आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। यद्यपि काठमाडौं उपत्यका भित्रने क्रम भने टीकाको भाेलिपल्टबाटै बढेकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बिदा सकिए पनि दशैंको टीका भने कोजाग्रत पूर्णिमाकाे दिनसम्म लगाइन्छ। यद्यपि देशका केही पश्चिमी जिल्लामा भने दशैंको टीकाकाे दिन मात्र टीका लगाउने प्रचलन छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट